‘पोखरा’ अभियानले आइतबार नेपालगञ्जमा छलफल गर्दै

सदरलाइन संवाददाता ३० मंसिर २०८०, शनिबार १७:३५
 

नेपालगञ्ज : आन्तरिक पर्यटन प्रवर्द्धनलाई लक्षित गरी होटल संघ पोखराको आयोजनामा शुक्रबारदेखि पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सुरु गरेको छ । उक्त अभियानले आइतबार नेपालगञ्जमा बृहद् छलफल हुने भएको छ ।

होटल संघ बाँकेका शाखाका बरिष्ठ उपाध्यक्ष केशव न्यौपानेका अनुसार यहाँका पर्यटनक्षेत्रसंग सम्बन्धित व्यक्तिहरुसंग अन्तरक्रिया हुन लागेको हो ।

कोभिड–१९ को महामारी, आर्थिक मन्दीलगायत कारणले प्रभावित पोखराको पर्यटनलाई पुनः चलायमान बनाउने उद्देश्यका साथ आगामी पुस ४ गतेसम्म पश्चिम नेपालका विभिन्न सहरमा प्रवर्धनात्मक कार्यक्रम गरिने संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।


पोखराका पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित २० सदस्यीय टोली अभियानमा सहभागी छन् । अभियानले पर्यटनमा साझेदारी बढाउँदै पर्यटकीय गतिविधि वृद्धिमा योगदान गर्ने विश्वास पोखराका पर्यटन उद्यमीले गरेका अध्यक्ष सुवेदीले बताए ।

अभियानअन्तर्गत भैरहवा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा त्यहाँका पर्यटनसम्बद्ध पदाधिकारी, पर्यटन व्यवसायीसँग छलफल एवं गरिने भएको छ । दुुई दशकयता बर्षेनि ‘जाउँ है पोखरा’ अभियान आयोजना हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्पको जोखिममा रहेका संरचना प्रबलीकरण गरिँदै

३० मंसिर २०८०, शनिबार १७:३५
नेपालगञ्ज : नेपालगञ्जमा भूकम्पको जोखिममा रहेका संरचना प्रबलीकरण गर्न जनस्तरमा सचेतना प्रबद्र्धन थालिएको छ । पुराना र कमजोर संरचनालाई भूकम्प प्रतिरोधी बनाउन पुनः मर्मत गरी जोखिम न्यूनीकरणका लागि प्रबलीकरण गर्न अभिप्रेरित गर्ने उद्देश्यले सचेतना प्रबद्र्धन थालिएको हो । नेपालगञ्जका पुराना संरचना भूकम्पको जोखिममा रहेको अध्ययनले देखाएपछि ती संरचनालाई बलियो र […]

सम्बन्धित