भन्सार छलीका सामानसहित सात जना नियन्त्रणमा

सदरलाइन संवाददाता ६ कार्तिक २०८०, सोमबार १६:१७
 

बर्दिया : बर्दियाबाट प्रहरीले एक लाख ७४ हजार बराबरको सामान बरामद गरेको छ ।

बर्दिया गुलरिया नगरपालिका ७ भन्सार रोडस्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको सो रकम बराबरको सामान जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।


प्रहरीले फलफुल तथा तरकारी र सो कार्य गर्न प्रयोगमा ल्याइएका चार थान मोटरसाइकल, चार थान साइकलसहित पाँच भारतीय नागरिक र दुई नेपाली गरी सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बर्दिया सूचना प्रविधि शाखाका प्रहरी सहायक हबल्दार हरि नारायण ओलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बागेश्वरी मन्दिरमा यसरी छेडियो जिब्रो फोटो कथा सहित

६ कार्तिक २०८०, सोमबार १६:१७
नेपालगञ्जमा रहेको प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा यसरी छेडियो जिब्रो फोटो कथा सहित । फोटो रुद्र सुवेदी / सदरलाइनडटकम