मोटरसाइकलको ठक्करबाट बर्दियामा एकजनाको मृत्यु

सदरलाइन संवाददाता २९ आश्विन २०८०, सोमबार १३:३२
 

बर्दिया : बर्दियामा मोटसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शक्तिपुरबाट गणेशपुरतर्फ आइरहेको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

आइतबार राति करिब ७ बजे बर्दियाको गुलरिया नगरपालिका ११ का ६० वर्षीय इस्माइल खाँ सडक पार गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो ।


घाइते भएका खाँलाई उपचारका लागि बाँकेको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक सुधीरराज शाहीले जानकारी दिए ।

उनले भे ७ प ८६०४ नम्बरको मोटरसाइकल र चालक बढैयाताल गाउँपालिका ९ का सुकदेव थारुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुरक्षाका लागि नेपाल–भारतका सुरक्षाकर्मीबिच छलफल

२९ आश्विन २०८०, सोमबार १३:३२
नेपालगञ्ज : चाडपर्वमा समयमा भारतबाट फर्किने नेपालीको सुरक्षालाई मध्यनजर गर्दै नेपाल र भारतका सीमा सुरक्षा अधिकारीबिच छलफल भएको छ । नेपाल–भारत मैत्री सङ्घ बाँकेको टोलीले सीमास्थित भारतीय सुरक्षा अधिकारीसँग छलफल गरी रुपैडियास्थित बसपार्क र रेल्वेमार्गमा नेपाली यात्रुको सुरक्षाका लागि प्रभावकारी रूपमा सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरेको हो । नेपाल–भारत मैत्री […]