फरार दुई जना प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता ११ माघ २०७९, बुधबार १५:५१
 

धनगढी : कैलाली प्रहरी फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले आगलागी मुद्दाका बर्दगोरिया गाउँपालिका–४ का वीरबहादुर चौधरी र वन मुद्दाका प्रतिवादी वडा नम्बर ५ का ज्ञानबहादुर कठरियालाई पक्राउ गरेको हो ।

उनीहरु लुकिछिपी बसिरहेको अवस्थाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


२०६९ चैत १३ गते फैसला भएपछि चौधरी फरार भएका थिए । यसैगरी, वन मुद्दामा कठरियालाई २०७४ जेठ २९ गते अदालतले ६ महिना कैद सजाय सुनाएको थियो । इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

व्यवसायी आचार्य प्रति श्रद्धाञ्जली ब्यक्तगर्न विहीबार आधादिन पसल बन्द गरी शोक सभा गरिने

११ माघ २०७९, बुधबार १५:५१
नेपालगञ्ज :  काठमाण्डौमा व्यावसायी प्रेमप्रसाद आचार्यले संघीय संसद अगाडि आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधनको विषयमा शोक जनाउन नेपालगञ्ज उद्योग बाणिज्य संघले बिहीबार आधादिन आ–आफ्नो व्यवसाय पशल, कारखमान बन्द गर्न आव्हान गरेको छ । संघले बुधबार साँझ आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले व्यावसायलाई नै […]