इसाई धर्मावलम्बीद्वारा हर्षोल्लासका साथ ‘क्रिसमस डे’ मनाईंदै

सदरलाइन संवाददाता १० पुष २०७८, शनिबार १३:०८
 

नेपालगञ्ज : इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदैछन् । डिसेम्बर २५ तारिखका दिन यिसुख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका यिसुख्रिस्टले तीन मुख्य खुशीयाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा इसाई धर्मावलम्बीले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् ।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले जानकारी दिए । विश्वका धेरै मानिसले मनाउने ‘क्रिसमस डे’ नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको हो ।


हाल नेपालमा ३० लाख इसाई धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । पछिल्लो समय मुख्य शहरका प्रमुख स्थलमा ‘क्रिसमस ट्रि’ सजाउने गरेको देखिन्छ । विशेषगरी इसाई धर्मावलम्बीका विदेशी पर्यटकलाई आकर्षित गर्न विगत वर्षमा साजसज्जा गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण चहलपहल कम देखिन्छ ।

पर्यटक आउने ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी हुने गरेको छ । क्रिसमस डेको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सीमावर्ती वासिन्दाको समस्या बुझ्दै बाँकेका प्रहरी प्रशासन

१० पुष २०७८, शनिबार १३:०८
नेपालगञ्ज : बाँकेको प्रहरी प्रशासनले नेपाल र भारतका सीमावर्ती क्षेत्रका स्थानीयसँग भेटेर उनीहरुको समस्या बुझेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी, प्रहरीलगायत सुरक्षा प्रमुखहरु नेपाल भारत सीमामै पुगेर जनताका समस्याबारे बुझेका हुन् । नेपाल भारत सीमा जोडिएका जिल्लाका सुरक्षाकर्मीबीचको इन्डो नेपाल समन्वय बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न उनीहरुले जनताका […]

सम्बन्धित