अबैध चल्लासहति ७ जना पक्राउ

सदरलाइन संवाददाता १ भाद्र २०७८, मंगलवार १७:४४
 


नेपालगञ्ज : बाँके प्रहरीले अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउदै गरेको कुखुराको चल्लासहित मानिस नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार पठाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार मंगलबार बिहान ८ बजे नेपालगञ्ज– १३ मा अबैधबाटो हुँदै चोरी पैठारी गरी ल्याएको कुखुराको चल्ला ५ हजार ५ वटा, मानिस ७ जना र ७ वटा साईकल समेत नियन्त्रणमा लिएको हो ।


प्रहरी नियन्त्रणमा रहेका ७ जना मानिस बरामद चल्ला, साईकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाएको बाँके प्रहरीले जनाएको छ । भारतमा बर्डफ्लुको संक्रमण देखिएपछि भारतबाट पन्छि वा पन्छिजन्य बस्तु आयातमा प्रतिबन्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेद्वारा माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने पत्र

१ भाद्र २०७८, मंगलवार १७:४४
काठमाडौं :  नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो । राजनीतिक दलसम्बन्धी ऐन दफा २८ (१) बमोजिम कार्य नगरी दलको हृवीप […]