दिल्लीको सीमामा सिख प्रचारकद्वारा ‘आत्महत्या’

सदरलाइन संवाददाता २ पुष २०७७, बिहीबार १३:३८
 

नेपालगञ्ज : भारतको राजधानी दिल्लीको सिंघु सीमामा बुधवार बेलुका ६५ वर्षीय सिख प्रचारक राम सिंह सिंघडाले आफैले गोली हाने । उनको मृत्यु भयो । उनी हरियाणाको करनाल जिल्लाका बासिन्दा हुन् सिंघडा ।


समाचार संस्था पीटीआईका अनुसार उनको हातबाट पञ्जाबीमा लेखिएको पत्र भेटिएको छ । त्यसमा लेखिएको छ, ‘किसानको पीडा सहन गर्न सकिरहेको छैन ।’ प्रहरीले सो पत्रको सत्यता जाँच भइरहेको जनाएको छ । सिंघडाको शव पोस्टमार्टका लागि स्थानीय अस्पतालमा लगिएको छ ।

Next Post

हुम्लादेखि नेपालगञ्जको हवाई भाडा घट्यो

२ पुष २०७७, बिहीबार १३:३८
हुम्ला : लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ । यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको ६ हजार ५ सय ९५ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले ५ हजार ३ सय कायम गरेको छ । नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा […]