बाँकेमा बुधवार २३ जना डिस्चार्ज

सदरलाइन संवाददाता १० मंसिर २०७७, बुधबार ०८:५०
 

नेपालगञ्ज : बाँकेमा बुधवार २३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १६ पुरुष र ७ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ८१ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


अब आइसोलेशनमा बाँकेका १ सय ५४ र अन्य जिल्लाका ५४ गरी २ सय ८ जना रहेका छन् । हालसम्म बाँकेमा ३ हजार ७ सय ७३ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३८ जनाको मृत्युु भइसकेको छ ।

Next Post

जो बाइडेनले भने, ‘अमेरिका इज ब्याक’

१० मंसिर २०७७, बुधबार ०८:५०
काठमाण्डौ : अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले अमेरिका विश्व मञ्चको नेतृत्वमा रहनका लागि तयार भएर आएको बताएका छन् । रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फर्स्ट’ नीति मार्फत अमेरिकालाई विश्व मञ्चबाट अलग र ‘एक्लो’ बनाएको भन्दै बाइडेनले अब सो अध्यायको पाना पल्टिने बताएका हुन् । विश्वका सहयोगी राष्ट्रहरुसँग सहकार्य गरेर […]