एकैदिन देशभर थपिए दुई हजार बढी संक्रमित

सदरलाइन संवाददाता २ आश्विन २०७७, शुक्रबार १८:०२
 

नेपालगञ्ज : नेपालमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा २ हजार २० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका २०२० जनासहित देशभर संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको जानकारी दिए ।


संक्रमितमध्ये ४३ हजार ८ सय २० जना निको भएर फर्किएका छन् भने ३ सय ९० जनाको ज्यान गएको छ ।

Next Post

बाँकेमा शनिवार एघार जना कोरोना जिते

२ आश्विन २०७७, शुक्रबार १८:०२
नेपालगञ्ज : बाँकेमा शनिवार ११ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । बाँकेका विभिन्न आइसोलेशन सेन्टरबाट उनीहरु डिस्चार्ज भएका हुन् । भदौं २० गते कोरोना पुष्टि भएका ११ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दए । योसँगै बाँकेमा कोरोनामुक्त भई घर फर्किनेको संख्या २ […]