बिद्युतको पोलमा ठोक्किएर बर्दियामा एकको मृत्यु

१४ मंसिर २०७६, शनिबार १८:०३
 

सदरलाइनडटकम,
राजापुर (बर्दिया ) :  बर्दियामा मोटरसाईकल विद्युतको पोलमा ठोकिएर एकजनाको मृत्यु भएको छ ।

राजापुर नगरपालिका–१० मंगलपुरस्थित सडकमा बा.७४ प २७१३ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किएर शनिबार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


दुर्घटना परी गम्भीर घाइते भएका मोटरसाइकल चालक संगम चौधरीको नेपालगञ्ज नर्सिङ्गहोममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Next Post

सल्यानको कुमाखमा नेकपाका बुढाथोकी विजयी

१४ मंसिर २०७६, शनिबार १८:०३
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : उपनिर्वाचनको नतिजा आउन शुरु भएको छ । निर्वाचन आयोगका अनुसार शनिवार राती आठ बजेदेखिनै मतगणना शुरु गरिएको हो । सल्यानको कुमाख गाउँपालिका ५ मा पनि मतगणना सकिएको छ । गाउँपालिका ५ को वडा अध्यक्षको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी निर्वाचित भएका छन् । नेकपाका […]

सम्बन्धित