नेपालगञ्जमा बालबालिकाको ध्यान–योग शिविर हुँदै

५ बैशाख २०७६, बिहीबार १३:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : द आर्ट अफ लिभिङले पहिलो पटक नेपालगञ्जमा बालबालिका केन्द्रित ध्यान योग शिविर सन्चालन गर्ने भएको छ ।
द आर्ट अफ लिभिङ नेपालगञ्ज शाखाले ८ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि यही वैशाख ४–७ सम्म दुई समूहमा योग ध्यान शिविर आयोजना गर्न लागेको हो ।
८ वर्षदेखि १३ वर्षसम्मका बालबालिकालाई आर्ट एक्सल कार्यक्रमर १४ वर्षदेखि १७ वर्षसम्मका किशोरकिशोरीलाई एस कार्यक्रम सञ्चालन हुनेछ ।
शिविरमा योग र ध्यानका साथैऔपचारिक शिक्षा, नैतिक शिक्षा, शिक्षक र अभिभावक शिक्षकसँग गर्ने व्यवहार, घरपरिवारमा नियमित गरिने व्यवहारिक काम र नैतिक आचरणका विषयमा सिकाइने योग गुरु काव्य लम्सालले जानकारी दिए ।
उनी भन्छन्,‘योग, ध्यान र सुदर्शन क्रियाका माध्यमबाट बालबालिकामा सकारात्मक सोचको विकास हुनुका साथै कुलतबाट लाग्न नदिन र लागेकाहरुलाई छुटकारा दिन मद्दत पुग्छ ।’
एसईई दिएर बसेका विद्यार्थीलाईकस्तो कलेजमा पढ्ने, कुन विषय रोज्नेलगायतका कुरामा आफै निर्णय लिन मद्दत पुग्नेछ । यो कोर्ष गरेका बालबालिकाकोे खानपान आहारविहार र व्यवहारिक ज्ञानका लागि माहोल सिर्जना गर्छ ।

Next Post

नेपाली स्याटेलाइट पहिलो पटक अन्तरिक्षमा प्रक्षेपण

५ बैशाख २०७६, बिहीबार १३:४४
सदरलाइनडटकम, काठमाण्डौ : पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू–उपग्रह प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात् ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाएको हो । जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको वैज्ञानिक टिमले भूउपग्रह अर्थात ‘नानो […]