पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ यूकेको परीक्षा अब ग्राण्डिमै

२८ पुष २०७५, शनिबार १७:५७
 

सदरलाइनडटकम,
काठमाण्डौं  : मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ (एमआरसिपिसिएच यूके) को परिक्षा अबदेखि नेपालमा नै हुने भएको छ । काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।
ग्राण्डी अन्तराष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले अस्पतालमा उपलब्ध विश्वस्तरिय पूर्वाधार, सेवा सुबिधा तथा बिशेषज्ञहरुको टिमसँगै यहाँ हुने गरेका बिबिध शैक्षिक गतिबिधिहरुको कारण रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा लिने एमआरसिपिसिएच परिक्षाका लागि ग्राण्डीलाई छनौट गरेको जानकारी गराए ।
राष्ट्रिय अन्तराष्ट्रिय सहकार्यमा यस किसिमका मेडिकल शिक्षा क्षेत्रका बिबिध बिषयहरुमा सहकार्यगरी अघि बढ्न ग्राण्डी अन्तराष्ट्रिय अस्पताल सदैब तत्पर रहेको उनको जिकीर थियो ।
आरसिपिसिएचका स्ट्रटिजिक लिड डा. रमेश मेहताले एमआरसिपिसिएच परीक्षा नेपालमा संचालन हुनु गर्बको बिषय भएकोले यसले नेपाललाई सार्क मुलुकहरुको परीक्षा केन्द्रको रुपमा स्थापित गर्न सकिने प्रबल संभावना रहेको औल्याए ।
उनले संसारभरका ३५ वटा मुलुकमा रहेका परीक्षा केन्द्रहरुमार्फत हरेक बर्ष छ हजार बालरोग बिशेषज्ञहरुको परीक्षा लिने गरिएको समेत समेत जानकारी दिए ।
आरसिपिसिएचका सिनियर एक्जामिनर डा. मिथलेश लालले पहिलो पटक नेपालमा हुन लागेको एमआरसिपिसिएच परीक्षा यस पटक परिमार्जित तथा प्राबिधिक हिसाबले थप स्तरिय भएको जिकीर गरे ।
आरसिपिसिएच का प्रिन्सिपल रिजनल एक्जामिनर डा. चन्देश्वर महासेठले नेपालले धेरै बर्षको प्रयासपछि यो उपलब्धि हाँसिल भएसँगै नेपाली चिकित्सा शिक्षा क्षेत्रले ठूलो फड्को मारेको बताए । नेपालको कुल जनसंख्याको ४० प्रतिशत अर्थात एक करोड बिस लाख बालबालिकाको संख्या रहेकाले बालरोगको उपचारका लागि आवश्यक ज्ञान तथा सिप बृद्धिका लागि यो महत्वपूर्ण रहेको उनको भनाई छ ।
त्यसैगरी यसले बेलायतमा थप अध्ययन तथा अनुसन्धानका लागि मार्ग प्रशस्त गर्ने भएकाले यो परिक्षा अर्थपूर्ण रहेको समेत बताए ।
उनले एमआरसिपिसिएचका लागि नेपालका होस्ट तथा ग्राण्डी अस्पतालका फ्याकल्टी बालरोग बिशेषज्ञ डा. अमृत घिमिरे तथा बालरोग बिभागका अन्य डाक्टरहरुको साथका लागि आभार समेत ब्यक्त गरे ।
शनिबार र आईतबार दुइदिन संचालन हुने परिक्षाका लागि रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ बेलायतबाट १५ जना फ्याकल्टीहरु नेपाल आएका छन् । नेपालबाट ४ जना तथा भारत, श्रीलंका, मलेशिया, खाडिका बिभिन्न मुलुकका गरी नेपाल बाहिरका २० जना सहित २४ जना बालरोग बिशेषज्ञहरु परिक्षार्थीका रुपमा सहभागि भएका छन् ।
यस परिक्षाको प्रिन्सिपल रिजनल एक्जामिनरका रुपमा डा. चन्देश्वर महासेठ रहेका छन् भने, अन्य परिक्षकहरुमा डा. अजित रायमाझी, डा. कल्पना सुवेदी, डा. गणेश राइै र डा.सुधा बस्नेत रहेको अस्पतालले जनाएको छ ।
परिक्षा रोयल कलेज अफ पिडियाट्रिक एण्ड चाइल्ड हेल्थ युके र कान्ति बाल अस्पतालसँगको सहाकर्यमा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा २०७५ साल पुस २८ गते शनिवार र २९ गते आइतबार गरी दुइदिन संचालन हुनेछ । यस परिक्षाका लागि यसअघि बिदेश जानुपर्ने वाध्यता रहेकोमा नेपालमा नै यो परिक्षा संचालन भएसँगै सो बाध्यताको अन्त्य भएको छ ।  

Next Post

जवानको २०औ साधारण सभा सुरु

२८ पुष २०७५, शनिबार १७:५७
सदरलाइनडटकम,  नेपालगञ्ज :  नेपाल जडिबुटी व्यवसायी संघको २०औ साधारण सभा तथा अधिवेशनको बन तथा बाताबरण मनत्री शक्ति बहादुर बस्नेतले नेपालगञ्जमा उद्दघाटन गरेका छन् । दुई दिनसम्म सञ्चालन हुने सो अधिवेशनमा नेतृत्व समेत चयन हुने भएको छ । उनले सो अवसरमा जडिबुटीको व्यावसायिक खेतीका तथा संरक्षणको लागि सरकारले सबै स्थानीय तहमा […]