युवा संघ नेता क्षेत्रीको खजुरामा हत्या प्रयास

२८ भाद्र २०७५, बिहीबार १७:५४
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : युवा संघ खजुराका नेता किरण क्षेत्रीमाथी बिहिवार खजूरा बजारमा आक्रमण भएको छ । रड र खुकुरी प्रहार गरी एक्कासी ज्यान मार्ने प्रयास भएपछि भागेर ज्यान जोगाएको क्षेत्रीले बताए ।
आफुलाई जोगाउने क्रममा घुँडा र पाखुरामा चोट लागेको क्षेत्रीले बताए । बिहीवार विहान साढे १० बजे कारमा सवार ५ जनाको समुहले ज्यान लिने प्रयास गरेपछि आफु ईलाका प्रहरी कार्यालय धनौलीमा पुगेर ज्यान जोगाएको उनले बताए ।
यसैबीच घटनाको निन्दा गर्दै युवा संघ बाँकेका कोषाध्यक्ष एवं खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनारले योजनावद्ध तरिकाले क्षेत्रीमाथि आक्रमण भएकोले दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेका छन् ।

Next Post

बाँकेमा कृषि ज्ञान र पशु सेवा विज्ञ केन्द्र सञ्चालनमा

२८ भाद्र २०७५, बिहीबार १७:५४
सदरलाइनडटकम , नेपालगञ्ज  : कृषि ज्ञान केन्द्र, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र विहीबार नेपालगञ्जमा उद्घाटन गरी सञ्चालनमा ल्याईएको छ । बाँकेमा साविकको कृषि विकास कार्यलयलाई प्रतिस्थापन गरी कृषि ज्ञान केन्द्र र जिल्ला पशु सेवा कार्यलयलाई पतिस्थापन गरि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गरिएको हो । बिहीबार […]