राष्ट्र बैंक नेपालगञ्जबाट १९ करोड नयाँ नोट साटियो

सदरलाइन संवाददाता ४ कार्तिक २०८०, शनिबार १३:०४
 

नेपालगञ्ज : दसैका लागि १८ करोड ९६ लाख नयाँ नोट सर्बसाधारण नागरिकले नेपाल राष्ट्र बैंकको नेपालगञ्जस्थित प्रादेशिक कार्यालयबाट साटेका छन् । गत असोज २९ गतेदेखी कात्तिक ३ गतेसम्म बैंकले नयाँ नोट साट्ने ब्यवस्था मिलाएको थियो ।

राष्ट्र बैंक नेपालगञ्जका प्रमुख (निर्देशक) गिरिजाप्रसाद कोइरालाले दसैका लागि सर्बसाधारण नागरिकले १८ करोड ९६ लाख रुपैयाँ साटेर लगेको जानकारी दिए । बैंकले विगतभन्दा यसपटक फरक तरिकाले नोट साट्ने ब्यवस्था मिलाएको थियो । सर्बसाधारणको सहजताका लागि बैंकले यसपटक क्युआर कोडमार्फत पनि नयाँ नोट साट्ने ब्यवस्था मिलाएको हो ।


सर्बसाधारणले क्युआर कोडमार्फत मात्रै ५ करोड ६ लाख नयाँ नोट साटेर लगेको निर्देशक कोइरालाले बताए । राष्ट्र बैंकले सर्बसाधारणलाई एक सय, पचास, बीस, दश र पाँच रुपैयाँका नोट गरी कुल १८ हजार ५ सय रुपैयाँ बराबर (एक सेट) नोट उपलब्ध गराएको छ ।

राष्ट्र बैंक नेपालगञ्जबाट मात्रै यसपटक करिव १० हजार जना सर्बसाधारण नागरिकले सेवा लिएको बताइएको छ । यसमध्ये क्युआर कोडमार्फत २ हजार २ सय ९३ जनाले सेवा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको ‘भ्यु होटल सिद्धार्थ’ सम्मानित

४ कार्तिक २०८०, शनिबार १३:०४
नेपालगञ्ज : सिद्धार्थ बिजनेस ग्रुपद्वारा नेपालगञ्जमा सञ्चालित भ्यु होटल सिद्धार्थ ’साउथ एसियन ट्राभल अवार्ड २०२३’ बाट सम्मानित भएको छ । मिटिङ तथा कन्फ्रेरेन्स होटल/रिसोर्टमा नेतृत्वदायी भुमिका खेलेको भन्दै सो अवार्डबाट होटललाई सम्मानित गरिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले बताए । नेपाल सहित विभिन्न ६ राष्ट्रको प्रतिनिधित्व रहेको यस […]