एसिड तथा जलन पीडितको अधिकारबारे नेपालगञ्जमा सचेतना

लक्ष्मी तिमिल्सेना २८ मंसिर २०८२, आईतवार २०:५३
 

नेपालगञ्ज : नेपालगञ्जमा एसिड तथा जलनका घटनाहरुको कानुनी व्यवस्था र विभेदकारी सामाजिक मान्यता सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । अस्तित्व नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा एसिड तथा जलन पीडितको अधिकार, विद्यमान कानून, सजायको व्यवस्था र न्याय प्रक्रियाबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता लोक बहादुर शाहले ‘एसिड तथा जलनका घटनासंग सम्वन्धित कानुनी व्यवस्था’बारे प्रस्तुती दिएका थिए। उनका अनुसार तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन २०७९ को दफा २३ को ‘क’ र ‘ख’ मा अनुमतिपत्र नलिई तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी वा बिक्री वितरण गरेमा वा कानुन बमोजिम स्वीकृति नलिई तेजाब वा अन्य घातक रासायनिक पदार्थ पैठारी गरेमा तथा अनुमतिपत्र प्राप्त व्यक्तिले कानुमा उल्लेख गरिए बमोजिमका शर्तको पालना नगरेमा, कसुर गरेको मानिने जानकारी दिए । त्यस्तो कसुर गरेको ठहरिएमा तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन २०७९ को दफा २४को ‘क’ ‘ख’ ‘ग’ ‘घ’ मा सजायको व्यवस्था पनि गरिएको उनले बताए ।

कार्यक्रमका वक्ताहरूले एसिड आक्रमणलाई गम्भीर आपराधिक कार्यका रूपमा कानुनमा उल्लेख गरिएपनि कार्यान्वयनको पक्ष कमजोर रहेको बताएका थिए । साथै उनिहरुले एसिड तथा जलन घटनाका मुलभूत कारणहरुमा मुख्य गरि घरेलु हिंसा, अस्वीकृत प्रेम प्रस्ताव, बदलावको भावना, सामाजिक, आर्थिक कारण, सांस्कृतिक एवं परम्परागत विश्वास, विश्वासघात, दाईजो प्रथा र अज्ञानता रहेको बताएका थिए ।


कार्यक्रममा नागरिक समाजका अगुवा, सुरक्षा निकायका प्रमुख/प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि र सञ्चारकर्मीहरूले भेदभावपूर्ण सोच र गलत सामाजिक मान्यताले नै यस्ता हिंसालाई मलजल गरिरहेको उल्लेख गर्दै विद्यालय, समुदाय र सञ्चारक्षेत्रका माध्यमबाट निरन्तर सचेतना आवश्यक रहेको धारणा राखे ।

एसिड तथा जलनसम्बन्धी हिंसा अन्त्यका लागि कानुनी कार्यान्वयनसँगै सामाजिक सोच परिवर्तन अपरिहार्य रहेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने अस्तित्व नेपालका बाँके जिल्ला सहजकर्ता निलिशा गिरीले बताइन् । बाँकेमा ११ जना जलन पिडितहरु रहेको उनले जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्रोत नखुलेको रकम सहित एक जना प्रहरीकाे नियन्त्रणमा

२८ मंसिर २०८२, आईतवार २०:५३
नेपालगञ्ज : प्रहरीले नेपालगञ्जमा स्रोत नखुलेको भारु तीन लाख ७२ हजार ७०० र रु एक लाखसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । नेपालगञ्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकबाट भारु ५०० का ६४५ थान, भारु १०० का ५०२ थान र १००० नेपालीका १०० थानसहित सुनिलकुमार बानियाँलाई प्रहरीले नियन्त्रणमा लिइ राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा […]

सम्बन्धित