संसद् पुनर्स्थापना, सर्वदलीय सरकार र संविधान संशोधन : एमाले अध्यक्ष ओली

सदरलाइन संवाददाता ६ मंसिर २०८२, शनिबार १७:००
 

नेपालगञ्ज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’का माग पूरा गर्न संसद् पुनर्स्थापना गरी संविधान संशोधनको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । शनिबार (मंसिर ६) पार्टीको वाग्मती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सभामा उनले प्रतिनिधिसभा पुनर्स्थापना एक मात्र उचित राजनीतिक निकास भएको जिकिर गरे ।

“संसद्को पुनर्स्थापना गर्ने । त्यसबाट सर्वदलीय/सर्वपक्षीय सरकार बनाउँला,” ओलीले भने, “संसद्बाट संविधान संशोधन हुनसक्छ ।”


उनले जेनजीका माग पनि संविधान संशोधनबाटै पूरा गर्न सकिने बताए । त्यसनिम्ति राष्ट्रिय सहमति गर्न सकिने उनको भनाइ छ ।

“जेनजीका जुन मागको दुहाई दिइन्छ, जेनजीका माग पनि संसद् पुनर्स्थापनाबाट पूरा गर्ने बाटो निस्किन्छ,” ओलीले भने, “लोकतन्त्र पुनर्स्थापना गरौँ । संविधानलाई बाटोमा हिँडाऊँ । शान्ति स्थापना गरौँ ।”

उनले भावनामा नबग्न, प्रतिशोध नराख्न दलहरूलाई आग्रह गरे । “यो असंवैधानिक सरकारका पछिपछि जन्तीजस्तो भएर, जन्तीले पाउने के हो ? एक छाक भात खाएर फर्किने होला,” ओलीले भने, “राजनीतिक पार्टीको काँधमा देशप्रतिको उत्तरदायित्व छ । यस्तो सरकारको जन्ती हुन सुहाउँदैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका सञ्चारकर्मी अन्सारीलाई पित्रृ शोक

६ मंसिर २०८२, शनिबार १७:००
नेपालगञ्ज : सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टर सम्मेलन तयारी समिति सह–संयोजक तथा सामुदायिक रेडियो प्रसारक संघ (अकोरोब) का केन्द्रीय सदस्य मोहम्मद आरिफ अन्सारीलाई पित्रृ शोक परेको छ । उनका पुजनिय बुवा हाजी अजीज अहमद अन्सारीको आजराती १२ः३० बजे ८९ वर्षको उमेरमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–३ फुलवारी मस्जिद मार्गस्थित आफ्नै निवासमा […]