बर्दियामा मानव बेचबिखनविरुद्धको ऐक्यबद्धतामा समुदायको साथ

सदरलाइन संवाददाता १४ श्रावण २०८२, बुधबार १९:३७
 

 

बर्दिया : मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२५ को अवसरमा मधुवन नगरपालिका र राजापुर नगरपालिका, बर्दियामा विभिन्न सचेतना मुलक गतिविधि गरी मनाईएको छ ।

प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहकार्यमा जनचेतनामुलक ¥याली तथा सामुदायिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको थियो । यस कार्यक्रमले समुदायमा मानव बेचबिखनको समस्यालाई उजागर गर्दै सचेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको थियो ।

कार्यक्रमको प्रमुख उद्देश्य मानव बेचबिखनका कारण, जोखिम र परिणामबारे समुदायमा जानकारी पु¥याउनु, सामुदायिक सतर्कता र संरक्षण प्रणालीलाई सशक्त बनाउनु तथा लागूपदार्थ दुरुपयोगजस्ता बेचबिखनका कारणहरूप्रति जनचेतना फैलाउनु थियो ।

र्यालीमा प्रहरी, स्थानीय नागरिक, महिला समूह, युवाक्लब, जनप्रतिनिधिहरू, तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । सहभागीहरूले हातमा प्लेकार्ड तथा नारा समेटिएका सामग्रीहरू बोकेर मानव बेचबिखनविरुद्ध बलियो सन्देश सम्प्रेषण गरेका थिए ।
रयालीपश्चात आयोजित अन्तरक्रिया सत्रमा उप–प्रमुख, वडा अध्यक्षहरू, महिला तथा बालबालिका इकाईका प्रतिनिधि, प्रहरी प्रमुख, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू र समुदायका अगुवाहरूले सक्रिय सहभागिता जनाए ।


उनीहरूले समुदायमा मानव बेचबिखनको रोकथाम, जोखिम न्यूनीकरणका उपायहरू, बालबालिका र महिलाको सुरक्षा प्रवद्र्धन, तथा सचेत समाज निर्माणका लागि सहकार्य र ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रमले स्थानीय तहमा समुदायको आवाजलाई बलियो रूपमा उजागर गर्दै बेचबिखन विरुद्धको साझा प्रतिवद्धता अभिव्यक्त ग¥यो । यस प्रकारको साझा अभियानले सामाजिक रूपान्तरण र दीगो सुरक्षा प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

कार्यक्रम लक्ष्य ,उदेस्य तथा मानब बेच बिखन बिरुद्धको अभियानका बारेमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले जानकारी गराएको कार्यक्रमको ब्यबस्थापन सहजीकरण फिल्ड सुपरभाइजर प्रमिसा थारु र सावित्रा भाटले गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नागरिक उन्मुक्तिको अध्यक्षमा लालबिर चयन

१४ श्रावण २०८२, बुधबार १९:३७
नेपालगञ्ज :  नागरिक उन्मुक्ति पार्टीको काठमाण्डौमा सम्पन्न भेलाले लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ । पार्टीको राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीरलाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको सो पार्टीका सांसद अरुणकुमार चौधरीले जानकारी दिए । उनका अनुसार पार्टीका केन्द्रीय सदस्यको आह्वानमा काठमाडौँमा यही असार १४ र १५ गते पार्टीको […]