इराकको सपिङ सेन्टरमा आगलागी हुँदा कम्तिमा ६१ जनाको मृत्यु

एजेन्सी २ श्रावण २०८२, शुक्रबार ११:३४
 

इराकको सपिङ सेन्टरमा आगलागी हुँदा कम्तिमा ६१ जनाको मृत्यु भएको छ। पूर्वी सहर कुतमा नयाँ खुलेको पाँचतले सपिङ मलमा बुधबार राति भीषण आगलागी हुँदा ६१ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।

उक्त सपिङ मल एक साता अघिमात्रै बनेको थियो। सपिङ सेन्टरमा लागेको आगो बिहीबार दिउँसो मात्रै नियन्त्रणमा आएको थियो। अधिकांश निसास्सिएर मृत्यु भएको थियो। १४ वटा शव पूर्ण रूपमा जलेको र पहिचान नै गर्न नसक्ने अवस्थामा रहेको बिबिसीले जनाएको छ। घटनामा धेरै मानिसहरू घाइते भएको पनि बताइएको छ। कुतका गभर्नरका मोहम्मद अल मियाहीले तीन सञ्चालकविरूद्ध कारबाही गर्ने घोषणा गरेका छन्।


घटनापछि इराकमा तीन दिन शोक घोषणा गरिएको छ। आगोको कारणबारे हालसम्म यकिन खुलासा नभए पनि स्थानीय प्रत्यक्षदर्शीहरूले दोस्रो तलामा एसी विस्फोट भएपछि आगो फैलिएको भनिएको छ। इराकमा सन् २०२३ मा उत्तर इराकको एक विवाह कार्यक्रममा आगलागी हुँदा १०० भन्दा बढीको मृत्यु भएको थियो भने २०२१ मा नासिरियास्थित अस्पतालको कोभिड वार्डमा लागेको आगोले ९० जनाको ज्यान लिएको थियो।

इराकमा निर्माण कार्यमा सुरक्षाका न्यूनतम मापदण्ड पालना नगर्ने र दीर्घकालीन भ्रष्टाचारका कारण यस्तो दुर्घटना बारम्बार हुने गरेको विज्ञहरूले बताएको बिबिसीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रम्पको भन्सार शुल्क वृद्धि नाजायज

२ श्रावण २०८२, शुक्रबार ११:३४
ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा ५० प्रतिशत भन्सार शुल्क वृद्धि गर्ने चेतावनीप्रति प्रतिक्रिया दिएका छन्। लुला डा सिल्भाले टेलिभिजनमा प्रसारित सम्बोधनमा ट्रम्पको उक्त धम्कीलाई अस्वीकार्य ब्ल्याकमेल, नाजायज दबाब भनेका छन्। पूर्व राष्ट्रपति जेयर बोल्सोनारोविरुद्ध ब्राजिल सरकारले ‘विच हन्टिङ’ अर्थात् राजनीतिक प्रतिशोधबाट प्रेरित कारबाही गरिरहेको आरोप लगाउँदै […]

सम्बन्धित