बाँकेमा वर्षेनी २.५ मिटरका दरले सुक्दै जमिनमुनिको पानि

लक्ष्मी तिमिल्सेना २० असार २०८२, शुक्रबार १४:२२
 

बाँकेमा हाल ९४ हजार ५ सय ४७ घरधुरीले हातेपम्प प्रयोग गरिरहेका छन् । बाँकेमा १ लाख २९ हजार २ सय ३४ घरधुरी भएको मध्ये यो कुल घरधुरीको ७३.१६ प्रतिशत हो ।

 

नेपालगञ्ज : बाँकेमा जमिनमूनिको पानी सुक्दै गएको छ । पानी सुक्दै जादा विभिन्न स्थानमा हातेपम्पबाट पानी नआउने र सुक्ने हुन थालेको छ । नयाँ धारा बनाउदा पनि निक्कै गहिरो खन्नुपर्ने बाध्यता देखिएको छ । जमिन मुनीको पानीको सतह घट्दै जाँदा यस्तो अवस्था देखिएको हो । कतिपय हातेपम्पहरुमा सुख्खा समयमा पानी सुक्ने हिउँद मा मात्रै पानि आउने समस्या यहाँ बढ्दै गएको छ । यसका साथै हातेपम्पहरुमा पानी सुक्ने गरेको छ ।

पानीको सतह घटेकै कारण धारा धेरै गहिरो गाड्नु पर्ने अवस्था छ, भने पुराना धाराहरु फेरि उखेलेर गाड्नुपर्ने बाध्यता छ । यसको चपेटामा बाँकेका स्थानीय परेका छन् । नेपालगन्ज उप–महानगरपालिका वडा नं १८ का विजय श्रेष्ठको घरको धारा १ बर्ष अघि सुक्यो । धारा उखेलेर फेरि गाड्नु भन्दा मोटर जोड्ने मनसाय बनाएको श्रेष्ठले मेसिन लगायर घरको अघाडि–पछाडी ५ ठाउँमा ३ सय फिट खन्दा पनि पानी भेटिएन । पानीको निक्कै अभाव भोगेका श्रेष्ठले खानेपानी तथा घरायसी प्रयोजनका लागि चाहिने पानी समेत किन्नुपर्ने अवस्था आईलागेको बताए । ‘हाम्रो वरपर पछिल्लो समय वाक्लो वस्तीको विकास भएको छ । तारे होटलहरुपनि हाम्रै वरीपरि छन् । उनिहरुले त झन डिप वोरिङ्ग निमार्ण गरेका छन् । सायद त्यसैले होला २–३ सय फिट गहिरो खन्दा पनि पानी फेला नपरेको ।’–उनले भने ।

 

डुडुवा गाउँपालिका वडा नं. ५ का रोशनी परियारको समस्या पनि खासै फरक छैन । उनी मात्रै होईन, उनको घरवरपरका छिमेकीको समेत धारा सुकेको अवस्था छ । उनि भन्छिन्,–‘हामी गरिवले वर्षेनी धारा उखेल्दै गहिरो गाड्दै गर्नका लागि कहाँबाट पैसा पाउनु ? हरेक वर्ष सुख्खा समयमा धारा सुक्छ । यस्तो समस्याले हामी महिला झन पिडित छौं ।’ पानि सुक्ने समस्याले घरायसी काम, सरसफाई तथा खानेपानीको समेत समस्या हुनेको उनको भनाई छ । ‘हामीलाई सरसरफाई देखि खाना पकाउने लगायतका थुप्रै कामहरु हामी महिलाले नै गर्नुपरिरहेको अवस्था छ अँझैपनि । यसले गर्दा पानी नहुँदा हामीले धेरै समस्या बेहोर्नु परिरहेको हुन्छ ।’


 

बाँकेमा हाल ९४ हजार ५ सय ४७ घरधुरीले हातेपम्प प्रयोग गरिरहेका छन् । बाँकेमा १ लाख २९ हजार २ सय ३४ घरधुरी भएको मध्ये यो कुल घरधुरीको ७३.१६ प्रतिशत हो । खानेपानी तथा सरसफाई कार्यालय बाँकेका सुचना अधिकारी खगेन्द्र खत्रीका अनुसार बाँकेमा वर्षेनी २.५ मिटरका दरले जमिन मुनीको पानीको सतह घटिरहेको छ । अवस्थाको सिर्जना भएको उनको भनाई छ ।

 

बाँकेमा हालसम्म १५.७ प्रतिशत (१९ हजार ४ सय ४३) घरधुरीले मात्रै पाईपलाईनबाट पानी उपभोग गरिरहेका छन् । ४.५ प्रतिशत (५ हजार ८ सय ४६) घरधुरीले ईनार वा खोलाको पानी उपभोग गरिहेको तथ्याङक छ । बाँकेका ९ हजार ३ सय ९५ (७.२७ प्रतिशत) घरधुरीले भने अन्य विकल्पको प्रयोग गरिरहेका छन् ।

 

जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकामा खानेपानीको संरचना र पाईपलाईन विस्तार भईसकेको भएपनि उपभोक्ताहरुले पानीको उपभोग नै नगरेको उनको भनाई छ । ‘सय युनिट को ५०÷६० रुपैंया तिर्न पनि महँगो भयो भन्ने स्थानीयको बुझाईका कारण पनि पाईपलाईन मार्फत खानेपानी उपभोग गर्ने उपभोक्ताको संख्या एकदमै न्युन भएको हो । यसका लागि उभोक्तामा पनि सचेतना जरुरी छ ।’–उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको बसपार्कमा देशकै पहिलो कुलिङ्ग सेन्टर सर्वसाधारणका लागि सञ्चालनमा ल्याईयो

२० असार २०८२, शुक्रबार १४:२२
नेपालगञ्ज :  तातोहावा (हिटवेभ) प्रभावितका लागि लक्षित गरी नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको कुलिङ सेन्टर (शितलन केन्द्र) सञ्चालनमा आएको छ । तातो हावा तथा गर्मीबाट प्रताडितले यहाँ बसेर विश्राम गर्न सक्ने छन । नेपालगञ्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त लागतमा वडा नम्बर ४ बसपार्क क्षेत्रभित्र निर्माण गरिएको कुलिङ सेन्टर सञ्चालनमा […]