
चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका–३ डडुवा क्षेत्रमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ, भने सो घटनामा परेर २४ जना घाइते भएका छन् ।
पुर्व पश्चिम राजमार्गको खहरेपुल स्थितमा धनगढीबाट काँकडभिट्टा तर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुबाहक बस र मकवानपुरबाट नारायणगढतर्फ गई रहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभि गाडी ठोकिदा ७ जनाको ज्यान गएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको छ ।

मृतकमध्ये अधिकांश इभी माइक्रोमा सवार रहेका यात्रु भएको अनुमान गरिएको छ । दुबै सवारी साधन घटना स्थलमा नै भएको कारण बाटो दुबै तर्फ अबरोध भएको छ ।
क्रेन बोलाई बाटो खुलाउने कार्य भई रहेको र उक्त स्थानमा इप्रका भण्डाराबाट प्रनि.रुपेश बिष्ट र इप्रका. खैरहनीबाट प्रनि.प्रदिपजंग महतको कमाण्डमा र इप्रका टांडीबाट प्रनाउ रन्जन अवाको कमाण्डमा २० जना गरी जम्मा ४५ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।


