
नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । एक कार्यक्रमका बिच गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह र नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले संयुक्त रुपमा सेन्टरको शुभारम्भ गरे ।
कार्यक्रममा प्रमुख अतिथि यादवले नेपाली कामदारको मेहनत, इमानदारी र अनुशासनको प्रशंसा गर्दै विदेशी रोजगार बजारमा उनीहरूको माग उच्च रहेको जिकिर गरे । स्वदेश तथा विदेशमा रोजगारीका अवसर प्रशस्त भएकाले दक्ष कामदारको माग उच्च रहेकोले उक्त मागलाई पूर्ति गर्न ट्रेनिङ सेन्टरले भुमिका खेल्ने बताउदैं मेयर यादवले नगरपालिकाले ट्रेनिङ सेन्टर संग समन्वय गरि दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सीपमुलक तालिम लिन जरुरी रहेको बताउदै नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सीप सिकेर विदेश जाँदा सिकेकै काम पाईने, पारिश्रमिक राम्रो पाईने र काम नपाउने जोखिम कम हुने भएकाले युवाहरुलाई सीपमुलक तालिम दिनका लागि स्थापना गरिएको ट्रेनिङ सेन्टर पश्चिम नेपालकै तालिम दिने थलो बन्ने उल्लेख गरे । सेन्टरका निर्देशक भोदुराम थारुले व्यावसायिकता र तालिमको महत्वबारे चर्चा गर्दै दक्ष तालिम र रोजगारीका अवसरहरूलाई जोड्ने लक्ष्यसहित अघि बढिरहेको बताए । लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरले नेपाली युवाहरूलाई सही ज्ञान र सीप प्रदान गर्न मद्दत गर्ने बताईएको छ ।

कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले वैदेशिक रोजगारका लागि उचित तालिम अनिवार्य रहेको बताए । उनले नेपालगञ्जका युवा बिदेश गए पनि तालिमको अभावले चाहेको जस्तो रोजगारी नपाउने गरेको गुनासोहरु आउने गरेको बताउँदै आउने दिन बैदेशिक रोजगार र स्थानिय स्तरमा रोजगार गर्न चाहने युवाहरुको पहिचान गरि सेन्टर मार्फत आउने आर्थिक वर्षमा वजेट विनियोजन गरि तालिम संचालक गर्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रकि नेता मिना मल्ल पुनले सफलताको कामना गर्दै शिक्षा परामर्श तथा वैदेशिक रोजगारी क्षेत्रबिच सहकार्य आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा बर्दियाको मधुवन नगरपालिकाका पुर्व मेयर कृष्ण केसी, सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर राउत, सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक ओम खण्डका, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि जिवन मल्ल, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश शर्मा, समाज सेवी अमर भण्डारी, लियाना मेनेजमेन्ट सर्भिसका डाइरेक्टर उदय खत्री, नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख राम बहादुर चन्द, भान्से लक्ष्मण प्रसाद भण्डार लगायतले सीप विकास, व्यावसायिकता र आपसी सहकार्यको महत्वमा जोड दिएका थिए ।
यसै गरि सोही कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभाग बाँकेका प्रमुख उपनिर्देशक ओम खड्काको बाँके बाट सरुवा भए पछि लियाना हस्पिटालिटीले मायाको चिनो प्रदान गर्दै नयाँ कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए । ट्रेनिङ सेन्टरमा आधुनिक प्रविधियुक्त पठन–पाठन कक्ष, केयर गिभर प्रशिक्षणका लागि प्रयोगशाला, बारिस्टा र सेफ सहितको रेस्टुरेन्ट कोठा लगायत रहेका छन् ।
कक्षा कोठाहरू २० देखि २५ जना प्रशिक्षार्थी अट्ने क्षमता रहेको सेन्टरका सिइओ अभिषेक थारुले जानकारी दिए । उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षकद्वय, अनुसन्धान विभागका उपनिर्देशक ओम खण्डका लगायत बाँके बर्दियाका जनप्रतिनिधि, समाजसेवी, राजनितिक दलका प्रतिनिधी र पत्रकारहरुको सहभागिता थियो ।


