घुसलिने कोहलपुर मालपोतका कर्मचारीसहित तीनजना अख्तियारको फन्दामा

सदरलाइन संवाददाता ९ जेष्ठ २०८२, शुक्रबार १९:५४
 

नेपालगञ्ज : जग्गाको नमिलेको कागज मिलाईदिने भन्दै सेवाग्राहीसंग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले मालपोत कार्यालय कोहलपुर बाँकेमा कार्यरत एक कर्मचारीसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटेको टोलीले मालपोत कार्यालय कोहलपुर बाँकेको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे, लेखापढी व्यवसायी शान्ति पुन र घनश्याम तिवारीलाई कोहलपुर ११ मा रहेको तिवारी रेष्टुरेण्टबाट नियन्त्रणमा लिएको हो ।


खरिदार पाण्डेले जग्गाको मोठ मिलाउने प्रयोजनको लागि लेखापढी व्यवसायी पुनको सहजिकरणमा सेवाग्राहीसँग घुस÷रिसवत लिएको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरिएको जनाईएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज खरिदार पाण्डेलाई विचौलिया मार्फत सेवाग्राहीसँग बीस हजार रुपैयाँ घुस÷रिसवत लिई तिवारी रेष्टुरेण्ट संचालक तिवारीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित निज खरिदार पाण्डे, लेखापढी व्यवसायी पुन र रेस्टुरेन्ट सञ्चालक तिवारीलाई जिल्ला बाँके, कोहलपुर ११ मा रहेको तिवारी रेष्टुरेण्टबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख उपसचिव गणेशबहादुर अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

९ जेष्ठ २०८२, शुक्रबार १९:५४
दाङ  :  लुम्बिनी प्रदेश सभाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । छैठौं अधिवेशनको आठौं बैठकले आर्थिक वर्ष २०८२–०८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गरेको हो । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । […]