नेपालगञ्ज उपमहानगरको आयोजनामा गृहणी महिलाका लागि १५ दिने ढकिया बनाउने तालिम सम्पन्न

सदरलाइन संवाददाता ८ जेष्ठ २०८२, बिहीबार १७:०२
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरको सामाजिक गैसस तथा साझेदारी विकास शाखाले चालु आर्थिक वर्षमा विभिन्न सीपमुलक तालिम सञ्चालन गरी स्वरोजगार बन्नको लागि अभिप्रेरित गर्दै आएको छ ।

नेपालगञ्ज उपमहानगरले सञ्चालन गरेको १५ दिने ढकिया बनाउने तालिमकी सहभागी प्रशिक्षार्थी नेपालगञ्ज–१३ की निलम गोडियाले तालिममा सहभागी भएर सिकेको सिपले आफु जस्ता गृहणी महिलालाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरिन ।

उनले १५ दिनको छोटो समयमा पनि हटकेश, रोटी राख्ने भाँडो र फुलदानी बनाउन सक्ने भएको बताउदै भनिन्–‘समय छोटो भयो तर, पनि हटकेश, रोटी राख्ने भाँडो र फुलदानी बनाउन सक्ने भएका छौ । अब घरकाम सकेर खेर जाने समयको सदुपयोग गरी आय आर्जन गर्नसक्ने भएकी छु ।’

निलमसंगै तालिममा सहभागी नेपालगञ्ज–१३ कै रामकुमारी कुमालले तालिमको अवधी छोटो समय भएको, केही अबधी बढाउदै लामो समयको तालिम आवश्यक भएको बताईन । सिकेपछि घरमै बसेर काम गर्ने आय आर्जन बढाउने ईच्छा जाहेर गरिन ।

उनले भनिन–‘ सिकेर जानेको सिपको सदुपयोग गरी घरमै बसेर काम गरी उत्पादन गरेको सामान बेचेर आफ्नो आम्दानीको स्रोत बढाउने छु ।’ उनले आफुले उत्पादन गरेको समानको बजारिकरणको लागि पनि प्रशिक्षकले सहयोग गर्ने बचन पाएको बताईन ।


तालिमकी प्रशिक्षक तथा थारु हस्तकलाको प्रोपराइटर निरु चौधरीले आफ्नो संस्थाले नेपालगञ्ज उपमहानगरसंग १५ दिनको सम्झौता भएको भए पनि सहभागीलाई १८ दिनसम्म तालिम सञ्चालन गरि सिकाएको बताईन ।

उनले तालिममा सहभागी प्रशिक्षार्थीले उत्पादन गरेको सामानको बजारिकणका लागि पनि आफुले सहयोग गर्ने गरि सिकाएको बताईन । उनले भनिन्–‘सिकेको सिपलाई सदुपयोग गरी उत्पादन गरेको समाग्री म आफैले ग्राहक खोजेर विक्रि गरि दिन्छु भनेकी छु । उहाँहरुले मेहनत पनि गर्नु भएको छ ।’

उनले सामान उत्पादनको लागि आवश्यक कच्चा पदार्थ सजिलै घर वरिपरि पाईने भएकोले पनि उत्पादन र फिनिसिङ्गको लागि कशल सिप चाहिने र त्यसै अनुसारको मूल्य पाईने कुरा पनि उनीहरुलाई सिकाएकोे बताइन ।

नेपालगञ्ज उपमहानगरको सामाजिक गैसस तथा साझेदारी विकास शाखा प्रमुख कृष्णराज जोशीले यो आर्थिक वर्षमा शाखाबाट जुत्ता चप्पल बनाउने तालिम, ईलेक्ट्रिसियन तालिम, ढकिया बनाउने, व्यूटिसियल, बुटिकलगायतका विभिन्न स्वरोजगारमुलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिए ।

उनले शाखाबाट विभिन्न समयमा सञ्चालन गरिएका स्वारोजगारमुलक तालिमबाट करिव हजार बढीले लाभ लिएको बताए । उनले भने–‘ नेपालगञ्ज उपमहानगरको सामाजिक गैसस तथा साझेदारी विकास शाखाले स्वरोजगार बनाउनको लागि बजारको माग अनुसारको विभिन्न तालिमका कार्यक्रम सञ्चालन गरेको छ । विभिन्न तालिममा करिव हजार बढीले सहभागिता जनाएर स्वरोजगार बन्नुभएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुद्ध एयरको ७२ सिटे जहाजले गर्यो काठमाडौं–भरतपुर परीक्षण उडान

८ जेष्ठ २०८२, बिहीबार १७:०२
चितवन : बुद्ध एयरको ७२ सिटे जहाजले विहीबार काठमाडौं–भरतपुर परीक्षण उडान गरेको छ । काठमाडौँबाट उँडेको एटिआर–७२ जहाज विहान ९ः३४ बजे भरतपुर विमानस्थलमा अवतरण भएको थियो । धावनमार्ग छोटो भएका कारण यहाँ बुद्धले ४७ सिटे (एटिआर ४२) जहाजबाट उडान गर्दै आएको थियो । बुद्ध एयरसँग ४२ सिटका जहाज २ वटा […]