‘यही सत्ता गठबन्धनले ८४ को चुनाबसम्म निरन्तरता पाउँछ’

सदरलाइन संवाददाता ७ जेष्ठ २०८२, बुधबार १८:३९
 

दाङ:  नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेकै सत्ता गठबन्धनले ८४ को चुनावसम्म निरन्तर रहने दाबी गरेका छन ।

प्रेस चौतारी दाङ शाखाले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार भएको बताए ।


सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार नढल्ने भन्दै उनले साना दलले ठुला दलमाथि शासन गर्ने परिपाटिको अन्त्य गर्न एमाले र काँग्रेस मिलेर सरकार संचालन गरेको बताए ।

‘दुइ दलबीच असमझदारी हुँदासम्म सरकार ढल्दैन’– महासचिव पोखरेलले भने्–‘असमझदारी नभए कसैले सरकार ढल्छ भन्नै पर्दैन ।’ सत्ता गठबन्धन चुनावी परिणामको उपज भएको भन्दै महासचिव पोखरेलले गठबन्धन सरकार कुनै एकदलको नीतिमा नभइ सामूहिक नीतिका आधारमा चलाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उपमहानगरको आयोजनामा गृहणी महिलाका लागि १५ दिने ढकिया बनाउने तालिम सम्पन्न

७ जेष्ठ २०८२, बुधबार १८:३९
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरको सामाजिक गैसस तथा साझेदारी विकास शाखाले चालु आर्थिक वर्षमा विभिन्न सीपमुलक तालिम सञ्चालन गरी स्वरोजगार बन्नको लागि अभिप्रेरित गर्दै आएको छ । नेपालगञ्ज उपमहानगरले सञ्चालन गरेको १५ दिने ढकिया बनाउने तालिमकी सहभागी प्रशिक्षार्थी नेपालगञ्ज–१३ की निलम गोडियाले तालिममा सहभागी भएर सिकेको सिपले आफु जस्ता गृहणी महिलालाई […]