कोशी प्रदेश सरकारले जेठ १५ गते नीति तथा कार्यक्रम ल्याउने

सदरलाइन संवाददाता ४ जेष्ठ २०८२, आईतवार १९:५९
 

विराटनगर : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम जेष्ठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।

कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो ।


कोशी प्रदेश सरकारका आन्तरिक मामला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

सरकारको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम पास गरेको र प्रदेश सभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेश सभामा पनि आग्रह गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘एकल महिलाहरू सिप सिकेर आत्मनिर्भर बन्न आवश्यक छ’

४ जेष्ठ २०८२, आईतवार १९:५९
नेपालगञ्ज :  एकल महिलाहरूले सिप सिकेर आत्मनिर्भरसँगै उदाहरण बन्न आवश्यक रहेको औल्याईएको छ । सीप सिकौं र आत्मनिर्भर बनौं भन्ने उद्देश्यका साथ सोमबार नेपालगञ्जमा द्वन्द्व प्रभावित, बेपत्ता तथा एकल महिलाहरूका लागि ७ दिने अचार बनाउने तालिमको समापन कार्यक्रममा सो कुरा बताईएको हो । द्वन्द्वपीडित तथा एकल महिला संजाल बाँकेका संस्थापक […]