चट्याङ लागेर जुम्लामा २० भेडा मरे

सदरलाइन संवाददाता ४ जेष्ठ २०८२, आईतवार १९:२६
 

जुम्ला :  जुम्लामा चट्याङ्ग लागेर डेढ दर्जन बढी भेडा मरेका छन् । गुठिचौर गाउँपालिका झुलेनी भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय दुई किसानका २० वटा भेडा मरेका हुन् ।

गुठीचौर गाउँपालिका–२ का स्थानीय युवा विरेन्द्र बोहोराका अनुसार शनिबार साँझ पाँच बजेतिर झुलेनीमा परेको चट्याङले जुम्लाको गुठिचौर गाउँपालिका गोठिगाउँका २ हिरबहादुर ऐडी र धनकृष्ण रोकाया भेडा चट्याङ्ग लागेर मरेका हुन । पानी परेको बेला रुखमुनी ओतमा बसेको समयमा चट्याङ परेको थियो ।


पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढा थापाले दुई जना किसानका २० वटा भेडा मरेको तथ्याङ्क आएको बताए ।

उनले भने–‘ शनिबार साँझपख परेको पानी सहितको चट्याङ्गका कारण हिरबहादुरका १६ वटा धनकृष्ण रोकायाका ४ वटा भेडा मरेको विवरण प्राप्त भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगरपालिकाको सहकार्यमा विट पत्रकारिता तालिम सञ्चालन

४ जेष्ठ २०८२, आईतवार १९:२६
कोहलपुर (बाँके) :  बाँकेका सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि नेपाल पत्रकार महासंघ बाँकेले कोहलपुर नगरपालिकासंगको सहकार्यमा आइतवारदेखि ३ दिने विट पत्रकारिता तथा पत्रकार आचारसंहिता विषयक तालिम सञ्चालनमा ल्याईएको छ । तालिमको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले उद्घाटन गर्दै पत्रकार महासंघसँगको संस्थागत सहकार्यका लागि कोहलपुर नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले […]