एमाले बर्दियाका नेता कार्यकर्तालाई बैचारिक प्रशिक्षण सम्पन्न

सदरलाइन संवाददाता २ जेष्ठ २०८२, शुक्रबार १६:३३
 

बर्दिया : नेकपा एमाले बर्दियाले पार्टीका नेता कार्यकर्ताहरूलाई वैचारिक रूपमा प्रशिक्षित बनाउन प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

एमाले बर्दिया पार्टी स्कुल विभागको आयोजनामा जिल्लामा क्षेत्रीय स्तरका प्रशिक्षण कार्यक्रम गरिएको हो । बर्दियाका २ वटा संघीय निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नेकपा एमाले केन्द्रीय संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए ।


पार्टीको निर्वाचन क्षेत्र नं १ को बाँसगडीमा र क्षेत्र नं २ को भुरीगाउँमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । तालिममा हरेक पालिकाबाट १०/१० जनाको सहभागिता रहेको छ ।

तालिमका सहभागीलाई पार्टीका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली, संगठन विभाग सचिव माधव ढुङ्गेल, पार्टीका नेताहरू लक्ष्मण ज्ञवाली, टीका बस्नेत, घनश्याम कोइराला, सुन्दर लामिछाने, विक्रम खनाल लगायतले प्रशिक्षण दिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका १ सय ५५ जना मुस्लिम धर्मावलम्बीहरू हज लागि प्रस्थान

२ जेष्ठ २०८२, शुक्रबार १६:३३
नेपालगन्ज : बाँकेका १५५ जना मुस्लिम धर्मावलम्बीहरू साउदी अरब स्थित मक्का, मदिना हज गर्नका लागि काठमाडौं प्रस्थान गरेका छन । ७६ जना महिला र ७९ पुरुष सहित १५५ जना हज यात्रामा निस्किएका सो टोलीलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष मोहम्मद हारून हलवाईले फूल माला, खादा […]

सम्बन्धित