नेपालगञ्ज : नेपालगञ्ज उपहानगरका घोडा, खच्चड र गधा (अश्व प्रजाती) पालक किसानहरुसंगको प्रतिजैविक प्रतिरोध विषयक एकदिने अभिमुखिकरण कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ ।
पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा संस्थाले ‘द बु्रक हस्पिटल फर एनिमल्स यूके’को आर्थिक सहयोगमा दिगो अश्व कल्याणकारी परियोजना अन्तरगत एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा संस्थाका पशु प्राविधिक मंगलबहादुर थारुले जानकारी दिए ।
उनले सरकारी निकायको उपेक्षमा परेको घोडा, खच्चड, गधा (अश्व) प्रजातिको पालन गर्दै आएका किसान तथा इटा भट्टाका ठेकेदारलाई अश्व पालन, रोग पहिचान गर्न सजिलो पार्ने तथा उपचारमा जथाभावी औषधिको प्रयोग गर्दा हुने असरको बारेमा जानकारी गराउने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको बताए ।


सो कार्यक्रममा २५ जना अश्वपालक किसान तथा ठेकेदरा सहभागी रहेको सो कार्यक्रमको पशु चिकित्सक डा प्रमोदकुमार चौधरीले सहजिकरण गरेको संस्थाका पशु प्राविधिक मुकेश कुमार चौधरीले जानकारी दिए ।
नेपालगञ्जमा घोडा खच्चड र गधाको संख्या करिव ३ हजार ५ सयको हाराहारीमा रहेको संस्थाले जनाएको छ । संस्थाले किसानले पालेका र इटा भट्टामा इटा बोक्नका लागि ल्याईएका घोडा, खच्चड र गधालाई निशुल्क आकस्मिक उपचार गर्ने, उनीहरुलाई सम्मानसहित पालन पोषण गर्ने तौर तरिकाबारे जनचेतनामुलक गतिबिधि सञ्चालन गर्दै आएको छ ।