मधुवनमा बाल संरक्षण तथा मानब बेचबिखनका घटना ब्यबस्थापन तालिम

सदरलाइन संवाददाता २९ बैशाख २०८२, सोमबार २०:५४
 

बर्दिया : प्लान ईन्टरनेशनलको आर्थिक सहयोगमा मानब बेचबिखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवालाहरुलाई बाल संरक्षण तथा मानब बेचबिखनका घटना ब्यबस्थापन बारे ३ दिने तालिम मधुबनमा सुरु भयको छ ।

मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण बारेमा समितिका सदस्य हरुको क्षमता विकास विकास गर्ने उदेश्यले तालिम सन्चालन भएको हो ।

मधुवन नगरपालिकाका नगर प्रबक्ता उद्घाटन सत्रमा बोल्दै मानब बेचबिखन तथा ओसारपसारका घटना दिनदिनै बढ्दै गएको र यसलाई नियन्त्रण गर्न चुनौती देखियकाले यसका बिरुद्व लड्न स्थानीय सरकार, प्रहरी संघ संस्था, स्थानीय निगरानी समूह सक्रिय भयर अभियान संचालन गर्ने कुरामा जोड दिएका थिए ।

मधुबन नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लवको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत संचालित उक्त तालिममा पालिकाका उप–प्रमुख, नगर प्रबक्ता, वडा अध्यक्ष, महिला बालबालिका शाखा प्रमुख, कार्यपालिका सदस्य, प्रअ, वरिस्ठ सहायक प्रहरी निरीक्षक लगायतको सहभागिता रहेको थियो ।


उद्घाटन सत्रको संचालन तालिमको उद्देश्य बारे बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले बोलेका थिए । ३ दिने तालिमको माइती नेपालका कार्यक्रम संयोजक केशब कोइराला र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले सहजीकरण गर्ने छन् ।

तालिममा समूह कार्य मार्फत मानब बेचबिखन नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि ,कर्मचारी ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी र संघ संस्थाको दायित्व तथा भूमिका बारे प्रस्तुत गरियको थियो । कार्यक्रममा बाँके युनेस्को क्लबका उप कार्यकारी निर्देशक गोबिन्द प्रसाद लामिछाने र फिल्ड सुपरभाईजर सावित्रा भाटलगायतको सहभागिता रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छोरीहरु आर्थिक र शैक्षिक रुपमा सशक्त हुन जरुरी

२९ बैशाख २०८२, सोमबार २०:५४
कोहलपुर : राजनीतिमा आउनु रहर नभई राजनीतिक परिस्थिती भएको लुम्विनी प्रदेशसभा सदस्य सन्जु कुमारी थारुले बताएकी छन् । सोमवार क्रियाशिल पत्रकार महिला बाँकेले कोहलपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् । ‘सण्डे क्लब’ अन्र्तगत क्रियाशिल पत्रकार महिला बाँकेले गरेको कार्यक्रममा उनले भनिन्,–‘हामिले जति नै ठुला कुरा गरेपनि जबसम्म छोरीहरुलाई […]