‘किगरियन समुदायका लागि प्रदेश सरकारद्वारा विषेश कार्यक्रम ल्याईने छ’

रुद्र सुवेदी २३ बैशाख २०८२, मंगलवार १८:१०
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नेपालगञ्ज उपमहानगर वडानं.२२ को किंगरियनपुरवाको वस्तिलाई विकासको मुल प्रवाहमा जोड्ने पहल प्रदेश सरकारले लिने बताएका छन् ।

परापूर्व कालमा घरघरमा किंगरी बाजा बजाउदै आफ्नो जीवन यापन गर्दै आएका सो समुदाय अत्यन्तै अल्पसंख्यक समुदायमा पर्छ । विपन्नता र गरिबीको रेखामुनी रहेको यो समुदायमा प्रदेश सरकारले विषेश कार्यक्रम लागू गर्ने स्थलगत अवलोकनका लागि किंगरियनपुरवा पुगेका मुख्यमन्त्री आचार्यको भनाई थियो ।

‘किंगरी’ बाजा बजाएर आफ्नो जीवन यापन गर्ने किंगरियन समुदायको उत्थानको लागि प्रदेश सरकारले आगामी बजेटमा सम्बोधन गरिने उनको भनाई छ ।

मुख्यमन्त्री आचार्यले किंगरियन समुदायको समस्या समाधानका लागि प्रदेश सरकारले पहल लिने प्रतिबद्धता जनाउदै आगामी बजेटमा किंगरियन समुदायमा शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पु¥याउन प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले भने–‘नेपालगञ्जको मुटुमा रहेको यो वस्तिमा बसोबास गर्ने किंगरियन समुदायको आधारभूत आवश्यकताका लागि प्रदेश सरकारले आगामी बजेटमा सम्बोधन गर्ने पहल गर्नेछ ।’

उनले यसै आर्थिक वर्षमा बस्तिभित्र दुबैतिर पक्कि नाली सहितको ग्राभेल बाटो निर्माण गरिएको जानकारी दिए । ३ हजार वढी जनसंख्या रहेको किंगरियन समुदाय एउटै घरभित्र ठूलो संख्यामा बसेर जीवन यापन गर्न बाध्य छन ।


सोही टोलीमै रहेकी प्रतिनिधी सभा सदस्य दीपा शर्माले अत्यन्तै अल्पसंख्यकको रुपमा रहेका किंगरियन समुदायका नागरिकको जीवनस्तर उठाउन संघ प्रदेश र स्थानीय तहसंगको सहकार्यमा विशेष योजना बनाउन पहल गरिने बताईन ।

उनले गरिवी अशिक्षाका कारण उनीहरुमा चेतनाको कमीले गर्दा विभिन्न संक्रमक रोगको शिकार हुन बाध्य रहेको साथै नागरिकको आधारभूत आवश्यकता पूर्ती गर्नका लागि निक्कै कठिन भएकोले किंगरियन समुदायको लागि राज्यले सम्बोधन गर्न अत्यन्तै आवश्यक देखिएकोले आफुहरु अवलोकनको लागि किंगरियन पुरवा पुगेको बताईन ।

नेपालगञ्ज उपमहानगर वडानं.२२ को किंगरियनपुरमा करिव ३ हजारको संख्यामा किगंरिया समुदायको बसोबास छ । ‘किंगरी’ बाजा बजाउदै घरघर डुलेर आफ्नो जीवन यापन गर्ने आफ्नो समुदायको शिक्षा स्वास्थ्य र रोजगारको लागि पहल गरिदिन स्थानीय राहिल किंगरियाले आफ्नै घरदैलोमा पगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधि सभा सदस्य दीपा शर्माको टोलीलाई आग्रह गरेका हुन ।

उनले भने–‘गाउमा कक्षा ३ सम्मको स्कुल छ । कक्षा ३ पढेपछि माथीको कक्षा पढ्न जानसक्ने हैसियत कसैको छैन । बाध्य भएर उनीहरु गधा चराउन वा अन्यत्र कामको खाजीमा जान बाध्य छन् ।’

उनले राज्यले आफ्नो समुदायको उत्थानको लागि केही मात्रमा भएपनि सिपमुलक कार्यक्रम ल्याई दिएमा सिप सिकेर आफ्नो गुजारा चलाउन सक्ने भएकोले सिपमुलक कार्यक्रममा जोडन् आग्रह गरे ।

किंगरियन समुदायले मागेर गुजारा चलाउदै आएका उनीहरुका लागि संघ प्रदेश र स्थानीय सरकारले उद्यमशीलताका कार्यक्रम सञ्चालन गरि उनीहरुको जीवनस्तर उकास्न आवश्यक देखिन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन भव्यतापूर्वक मनाइने

२३ बैशाख २०८२, मंगलवार १८:१०
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवस २०८२ लाई भव्य रुपमा मनाउन निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज गणतन्त्र दिवस मनाउने तयारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसलाई सबैले अपनत्व हुने गरी मनाउनु पर्ने बताएका हुन । उनले भने,–‘दिवसलाई दिवसका रुपमा मात्र होइन […]