संघीयता सुदृढीकरणका लागि अन्तरप्रदेश सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता २२ बैशाख २०८२, सोमबार २०:३१
 

दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलबीच सोमवार राप्ती उपत्यका(देउखुरी)मा छलफल भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीयतालाई बलियो बनाउन अन्तरप्रदेशीय समन्वयलाई थप सुदृढ गर्नुपर्ने र सिकाइको आदानप्रदानलाई निरन्तरता दिनुपर्ने बताए ।

‘प्रदेश स्थापना भएको आठ वर्षको अवधिमा संघीयतालाई बलियो बनाउने गरी प्रदेश तहबाट उल्लेखनीय कार्यहरू भएका छन् । पूर्वाधार विकास, सामाजिक सुधार तथा मानव पुँजी निर्माणका क्षेत्रमा भएका प्रयासहरू उपलब्धिपूर्ण छन्,’ मुख्यमन्त्री आचार्यले भने, ‘अन्तरप्रदेश समन्वय र सहकार्यले संघीयतालाई थप मजबुत बनाउनेछ ।’

मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश तहबीच कानुन निर्माणदेखि असल अभ्यासहरूको आदानप्रदानलाई सिकाइको माध्यमका रूपमा लिन सकिनेछ ।


कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले लुम्बिनी प्रदेशले कानुन निर्माण, त्यसको प्रभावकारी कार्यान्वयन तथा आफ्नै प्रशासनिक केन्द्र निर्माणमा प्राप्त गरेका सफलताहरू कोशी प्रदेशका लागि सिकाइ हुने उल्लेख गरे ।

कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले प्रदेश तहमा हुने यस्ता सिकाइ आदानप्रदानले भावनात्मक रूपमा पनि प्रदेशहरूलाई नजिक ल्याउने भएकाले यस्ता अभ्यासलाई निरन्तरता दिनुपर्ने बताईन ।

छलफलमा नेपाली कांग्रेसकी सचेतक शोभा लिम्बु, नेकपा माओवादी केन्द्रकी सचेतक गीता तिम्सिना, नेकपा एसका सचेतक विद्या चाम्लिङ राई, राप्रपाका सचेतक गोपाल गजमेर लगायतको सहभागिता थियो ।

लुम्बिनी प्रदेशबाट मुख्यमन्त्री आचार्यसँगै प्रदेश सभा सदस्य यमबहादुर नेपाली, निमा गिरीलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘किगरियन समुदायका लागि प्रदेश सरकारद्वारा विषेश कार्यक्रम ल्याईने छ’

२२ बैशाख २०८२, सोमबार २०:३१
नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नेपालगञ्ज उपमहानगर वडानं.२२ को किंगरियनपुरवाको वस्तिलाई विकासको मुल प्रवाहमा जोड्ने पहल प्रदेश सरकारले लिने बताएका छन् । परापूर्व कालमा घरघरमा किंगरी बाजा बजाउदै आफ्नो जीवन यापन गर्दै आएका सो समुदाय अत्यन्तै अल्पसंख्यक समुदायमा पर्छ । विपन्नता र गरिबीको रेखामुनी रहेको यो समुदायमा […]