हारुण हल्वाईको नेतृत्वमा मुस्लिम इत्तेहाद संगठनमा नयाँ कार्यसमिति चयन

सदरलाइन संवाददाता २१ बैशाख २०८२, आईतवार २०:१७
 

नेपालगञ्ज :  नेपाल मुस्लिम इत्तेहाद संगठनको ७औ राष्ट्रिय महाधिवेशनबाट नेपालगञ्जका मोहम्मद हारून हलवाईको अध्यक्षमा नया कार्यसमिति चयन भएको छ ।

हल्वाईकोे अध्यक्षता ७२ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक प्रमोद धितालले जानकारी दिए ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले २० गते शनिबार उद्घाटन गरेको महाधिवेशनको बन्द सत्र तथा निर्वाचन आईतबार सम्पन्न भएको थियो ।


संगठनको केन्द्रीय उपाध्यक्षमा तैयव हुसेन र साजिदा सिद्धिकी, महासचिवमा राजमोहम्द अन्सारी, उपमहासचिव जबुल मियाँ, सचिव (अर्थ) अब्दुल करिम खाँ, (संगठन) हलिम साह, (विदेश) सुलेमान मियाँ, (प्रचार) रियासत लिमी निर्वाचित भएका छन ।

महाधिवेशनले अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषद् निर्वाचित गरेको जनाएको छ । हेर्नुस निर्वाचन समितिले उपलब्ध गराएको नामावली

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वका विविध संकटसँग जुध्न युवा तयार हुनुपर्छ : कांग्रेस नेता महर

२१ बैशाख २०८२, आईतवार २०:१७
काठमाडौं :  विश्वले बेहोरिरहेका तीन वटा संकटसँग जुध्नका लागि युवाहरू तयार हुनु पर्नेमा नेपाली कांग्रेसका १५औं महाधिवेशन महामन्त्री पदका उम्मेवादार नैनसिंह महरले जोड दिएका छन। कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका महरले राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको ‘युथ भिजन २०३५ मा युवा सरोकार’ विषयक नीतिगत छलफललाई सम्बोधन गर्दै उक्त कुरा बताएका […]