एक्सट्रिम फिटनेश सेन्टरले आफ्नो दोश्रो वार्षिक उत्सव मनायो

सदरलाइन संवाददाता १९ बैशाख २०८२, शुक्रबार २०:४९
 

नेपालगञ्ज : नेपालगञ्जमा शाररीक सुंगठनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको एक्सट्रिम फिटनेश सेन्टरले आफ्नो दोश्रो वार्षिक उत्सव मनाउन सफल भएको छ ।

नेपालगञ्ज–२ घरबारीटोलमा करिव ३ करोडको लगानीमा सञ्चालनमा ल्याईएको सो फिटनेश सेन्टरले नियमित व्यायमका अलावा जुम्बा डान्स, मार्शल आर्ट, स्टीम बाथ, एरोविक्स विभिन्न व्यायम ११ जना प्रशिक्षक मार्फत सेवा प्रवाह गराउदै आएको सञ्चालक शौरभ कर्माचार्यले जानकारी दिए ।

स्थापनाको छोटो समयमै १ हजार ७१ जना फिटनेश सेन्टरका सदस्य बनाउन सफल भएको र दैनिक ५ सय २५ बढीलाई विभिन्न सेवा प्रवाह गर्दै आएको उनले बताए ।


फिटनेश सेन्टरबाट अन्तराष्ट्रिय तथा राष्ट्रिय स्ट्रिङ्ग लिफ्टिङ्ग प्रतियोगितामा गोल्ड, सिल्भर र ब्रोन्ज मेडल जित्न सफल भएको साथै देशभरका सहभागी क्लबहरु मध्ये सर्वोत्कृष्ठ क्लव बन्नसफल भएको सञ्चालक कर्माचार्यले जानकारी दिए ।

सो फिटनेशबाट डा प्रतिक श्रेष्ठले अन्तराष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा गोल्ड मेडल, सन्तोष राज शाक्यले सिल्भर, करण बाडियाले जुनियर तर्फको रेकर्ड होल्डरसहित गोल्ड मेडल प्राप्त गर्न सफल भएका छन् । भने फिटनेश सेन्टर सर्वोत्कृष्ठ फिटनेश सेन्टरको उपाधि जित्न सफल भएको छ ।

वाषर््िाक उत्सव कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य सुशीला नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा ओलम्पियन, पूर्व प्रदेश मन्त्री सुरेन्द्रबहादुर हमाल, नेपालगञ्ज–१२ का अध्यक्ष तरुण बज्राचार्य, जिल्ला फिट्नेश संघका अध्यक्ष अरुण शर्माले शुभकामना ब्यक्त गर्नुभएको कार्यक्रमको अध्यक्षता सञ्चालक किरण श्रेष्ठ र सहजिकरण सरिमान श्रेष्ठले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री आचार्यलाई बुझायो ज्ञापनपत्र

१९ बैशाख २०८२, शुक्रबार २०:४९
दाङ :  नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने मुख्य मागहरूसहित मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएको छ । पार्टीका सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ति उपत्यका(देउखुरी)मा मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाएको हो । सो […]