नेपालगञ्ज : नेपालगञ्ज वडानं. १ द्वारा वडामा रहेको सामुदायिक विद्यालयका विद्यार्थी तथा युवा क्लवलाई खेल सामग्री तथा पोशाक वितरण गरेको छ ।
धम्बोझी माविको कक्षा १–५ सम्मका विपन्न तथा सिमान्तकृत परिवारका वडाबासी बालबालिकालाई विद्यालय पोषाकको ट्रयाकसुट र विद्यालयलाई भलिवल खेलसामग्री उपलब्ध गराएको छ ।
सो खेल सामग्री विद्यालयका प्रधानाध्यापक बामदेब सुवेदी र अध्यक्ष लिलाराज उपाध्यायलाई हस्तान्त्रण गरिएको थियो । सोही अवसरमा धम्बोझी युथ क्लवलाई फुटबल, ब्याटमिन्टीन क्लवलाई क्याटमिन्टीन, अेमशान्तिलाई कार्पेट, साउण्ड सिस्टम र कूर्चीलगायतको सामग्री हस्तान्त्रण गरिएको वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।


नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, समाजसेवी प्रभात कुमार ठकुरी लगायतको उपस्थिति रहेको थियो ।