नेपालगञ्ज : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ ।


मूल्य वृद्धिसँगै १६० रुपैयाँ ५० पैसा प्रति लिटर (पहिलो वर्ग पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ । दोस्रो वर्ग अन्तर्गत १६२ रुपैयाँ पर्ने प्रतिलिटर पेट्रोलको मूल्य १६४ रुपैयाँ पर्नेछ भने तेस्रो वर्ग अनुसार १६३ रुपैयाँ पर्ने पेट्रोलको मूल्य १६५ रुपैयाँ पर्नेछ ।
बढेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जानकारी दिएको छ । यसैबीच पेट्रोलपम्पहरुले उपभोक्ताहरुलाई प्रतिलिटर ५० पैसा सिधै ठग्दै आएको छ । पेट्रोल उपभोक्ताहरुले पेट्रोल भर्न जाँदा मुल्य भन्दा ५० पैसा बढी तिरेर फर्कन्छन किन भने कुनै पनि पेट्रोल पम्पले ५० पैसा फिर्ता दिने गरको छैन ।