हिन्दू धर्मावलम्बीहरुले जनै र रक्षा बन्धन बाँधेर जनैपूर्णिमा मानईदै

सदरलाइन संवाददाता ३ भाद्र २०८१, सोमबार १८:२५
 

नेपालगञ्ज  : हिन्दू धर्मावलम्बीहरु विषेशगरी तागाधारी ब्राह्मण, क्षेत्री, वैश्य समुदायले जनै फेरेर र हातमा यज्ञपवित्र धागो अर्थात तागो बाँधेर जनै पूर्णिमा मनाईएको छ ।

शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी ब्राह्मण, क्षेत्री, वैश्य वर्गले वर्षदिन वेद पढ्नु पर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रूपमा जनैपूर्णिमालाई लिइने चलन रहि आएको छ ।

यसदिन नजिकको जलासय, नदी वा घरमै स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु, महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ । ठाउँठाउँमा पुरोहितले विधि पु¥याएर पूजा गरेको जनै र रक्षाबन्धन धारण गर्ने गरिन्छ ।


जनैपूर्णिमा (रक्षाबन्धन) का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहि आएको छ । नेपालगञ्जको बागेश्वरी मन्दीरमा पनि जनै फेर्ने र रक्षाबन्धन तागो बाँध्नेहरुको भिड नै रहेको थियो ।

तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनपूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।

हिन्दू धर्मावलम्बीले यस पूर्णिमाको दिन नजिकैको तीर्थस्थलमा गई मन्त्रोच्चारण गरी विधिपूर्वक पूजाआजा गरेर घरमा लगेको जनै र रक्षाबन्धन लगाएर जनैपूर्णिमा पर्व मनाउने परम्परा रहिआएको छ ।

यसैदिन नेवार समुदायले विभिन्न गेडागुडी टुसा उमारेर पकाईएको क्वाँटी खाने चलन चली आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा सिमसिमे पानीमा भिज्दै निकालियो लाखेसहितको गाईजात्रा

३ भाद्र २०८१, सोमबार १८:२५
नेपालगञ्ज : एक वर्षको अवधिमा दिवंगत भएका परिवारको सम्झनामा बाँकेको नेपालगञ्ज लगायतका स्थानमा बसोबास गर्दै आएका नेवार समुदायले गाईजात्रा निकालेका छन् । नेवाः पुच बाँकेको आयोजना र नेपालगञ्जमा क्रियाशील नेवाः समुदायको गुठी, खलः र पुचःहरुको सह आयोजनामा निकालिएको गाईजात्रा बागेश्वरी पार्कमा पुगेर समापन भएको थियो । यसपटक १० वटा दिवंगत […]