नेपालगञ्ज भन्सार कार्यालयबाट लक्षको ६३. ३४ प्रतिशतमात्र राजस्व संकलन

शिबेन्द्र भण्डारी ३ श्रावण २०८१, बिहीबार १२:२८
 

नेपालगञ्ज :  नेपालगञ्ज भन्सार नाकावाट आर्थिक वर्ष २०८०–०८१ मा भन्सार विभागबाट तोकिएको लक्ष अनुसारको राजस्व असुली हुन सकेको छैन ।

खुला सिमानाको कारण हुने अनाधिकृत चोरी निकासी र सो नाका हुँदै आयात हुने पेट्रोलियम पदार्थ खासगरी डिजल, चिनी र चामलको आयात घटेको कारण लक्ष पुग्न नसकेको प्रमुख भन्सार अधिकृत धु्रबराज बिस्वकर्माले जानकारी दिए ।

उनले आर्थिक वर्ष २०८०–०८१ मा भन्सार बिभागले कार्यालयलाई तोकिएको लक्ष्य २८ अर्व ६६ करोड २५ लाख ३५ हजार रहेकोमा असुली १८ अर्व १५ करोड ७२ लाख ३९ हजार १ सय ९१ रहेको बताए । यो ६३.३४ प्रतिशत मात्र हो ।

उनले भने–‘ बिभागले दिएको लक्ष बढी हुनु, खुला सिमा, अनाधिकृत हुने चोरी पैठारी र चिनी, चामल तथा पेट्रोलियम पदार्थको आयात छट्दा भन्सार राजस्व घटेको प्रमुख कारण हो ।’


भन्सार अधिकृत विस्वकर्माले यस वर्ष गत वर्षको भन्दा ३ करोड ९७ लाख राजस्व कम उठेको बताए । आर्थिक वर्ष २०७९-०८० को नेपालगञ्ज भन्सार कार्यालयको राजश्व लक्ष्य २९ अर्व ३२ करोड ९५ लाख ३९ हजार रहेको थियो भने असुली १८ अर्व १९ करोड ६९ लाख ७५ हजार रहेको थियो ।

उनले भन्सार राजस्वमा कूल राजस्व असुलीको ५५ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको रहने र अन्य चिनि, चामल, लत्ता कपडालगायको आयातमा कमी हुनु राजस्वमा कमी हुनुको प्रमुख कारण भएको बताए ।

नेपालगञ्ज नाका हुँदै निर्यात तर्फ भने गत आर्थिक वर्षको तुलनामा केही बृद्धी भएको पाईएको छ । नेपालगञ्ज भन्सरा नाका हुँदै मुख्यरुपमा जड़ीबूटी, कत्था, सिमेन्ट र प्लाईउड निर्यात हुने गरेको छ ।

आर्थिक वर्ष २०८०–०८१ मा २ अर्व २० करोडको सामाग्री नेपालगञ्ज नाकाबाट निर्यात रहेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यसवर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई

३ श्रावण २०८१, बिहीबार १२:२८
काठमाडौं : यसवर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ । इन्टरनेसनल क्रिकेट काउन्सिलले सो घोषणा गरेको हो । सो अवार्डले नेपाललाई विश्वभरका क्रिकेट फ्यानसँग जोडिने थप आधार बनेको  नेपाल  क्रिकेट  एसोसिएसनले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड पाएकोमा सम्पूर्ण नेपालीलाई बधाई […]