बर्दियामा सञ्चालित सीप तथा लघु उद्यमशीलता बिकास सम्बन्धी तालिम सम्पन्न

सदरलाइन संवाददाता ४ चैत्र २०८०, आईतवार १७:१९
 

बर्दिया :  प्लान इन्टरनेशनल नेपालसको आर्थिक साझेदारीमा बाँके युनेस्को क्लबद्वारा बर्दियाको ठाकुरद्वारामा हरित अर्थतन्त्र परियोजना अन्तर्गत आयोजित व्यावसायिक सीप तथा लघु उद्यमशीलता बिकास सम्बन्धी तालिम सम्पन्न भएको छ ।

बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका ३० जनाको सहभागिता रहेको सो तालिममा हरित व्यापार र वर्मी कम्पोस्ट बनाउने, अर्गानिक तरकारी खेती र हस्तकला बनाउने जस्ता लघुउद्यम सम्बन्धी महत्वपूर्ण ज्ञान सहभागिहरुलाई प्रदान गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए ।

सो तालिमको मुख्य उद्देश्य १८ देखि २४ वर्ष उमेर समूहका युवा युवतीहरूको सशक्तिकरण र रोजगारी सिर्जना गर्न बढ्दो ग्लोबल वार्मिंग, वातावरण प्रदूषण र प्रतिकूल प्रभाव जस्ता वातावरण संरक्षणमा हरित व्यापार र लघु उद्यमहरू मार्फत योगदान पु¥याउनु रहेको छ ।


सो तालिमका प्रशिक्षक राजबहादुर चौधरीले पाँच दिनसम्म सहभागिहरुलाई उद्यम विकास, आय आर्जन र स्वरोजगार, आत्म–विश्लेषण र आत्मविश्वास, जोखिम लिने क्षमता अभिवृद्धि र यसको न्यूनिकरणका उपायहरू, सफल उद्यमीको विशेषता, सिर्जनशीलता, बजार व्यवस्थापन र बजारीकरण, व्यवसाय योजना तर्जुमा र व्यावसायिक योजनाको परिचय, व्यवसाय स्थापनाका लागि उपयुक्त स्थान, लक्षित बजार क्षेत्र, उत्पादन प्रक्रिया र अत्यावश्यक कच्चा पदार्थ र श्रम लागत सहितको लागतका बारेमा विस्तृत जानकारी गराएका थिए ।

बाँके युनेस्को क्लबका प्रमुख संरक्षक सिद्दिकी, अध्यक्ष रविकुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ र कार्यकारी निर्देशक साजिद अली सिद्दिकीको उपस्थितिमा आयोजना गरिएको तालिमको समापन कार्यक्रमा प्रशिक्षार्थीहरूलाई तालिम पूरा भएको प्रमाणपत्र वितरण गरिएको थियो ।

तलिममा सहभागी प्रशिक्षार्थी तालकुमारी थारुले प्रशिक्षार्थिहरुको तर्फबाट बोल्दै यो प्रशिक्षणले गर्दा आत्मविश्वासमा अत्यधिक बृद्धि भएको जनाउँदै स्वरोजगार सृजनाले थप आत्मनिर्भर र आर्थिक रूपमा समाजमा सम्मानजनक जीवनयापन गर्न सक्षम बन्ने प्रतिक्रिया दिईन ।

सो तालिमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न आयोजना अधिकृत राधेकृष्ण थारु, फिल्ड पर्यवेक्षक सञ्जिता रिसाल र कञ्चन दहितले सहयोग गरेकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा ‘फिल्म फेस्टिभल’ आयोजना हुँदै

४ चैत्र २०८०, आईतवार १७:१९
नेपालगञ्ज :  नेपालगञ्जमा पहिलोपटक फिल्म फेस्टिभल आयोजना हुने भएको छ । नेपालगञ्जमा द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपालले नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४ आयोजना गर्ने भएको हो । यो वर्षको चलचित्र महोत्सव युरोपियन युनियन–नेपाल दौत्यसम्बन्ध स्थापना भएको ५० औं बार्षिकोत्सव मनाउन गरिएका थुप्रै कार्यक्रमहरूको श्रृंखलाको एउटा हिस्सा भएको […]