‘दृष्टिबिहीन प्रति राज्य जिम्मेवार हुनुपर्ने’

सदरलाइन संवाददाता १० फाल्गुन २०८०, बिहीबार १८:२८
 

नेपालगञ्ज : नेपालगञ्जस्गित मंगलप्रसाद माध्यमिक विद्यालयमा ४२ भन्दा बढी दृष्टिविहीन र न्युनदृष्टियुक्त बालबालिका अध्ययनरत रहेका छन् । विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत दृष्टिविहीन र न्युनदृष्टियुक्त विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहीन संघले लिएको छ ।

संघले ती विद्यार्थीलाई शिक्षा, सीप विकास तालिम र रोजगारी दिलाउने तथा उनीहरुको अधिार स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सोही विद्यालयका दृष्टिबिहीन शिक्षक भोला त्रिपाठीले संघले विभिन्न निकायसँगको सहकार्यमा दृष्टिविहीन र न्युनदृष्टियुक्तको जीवनलाई सहज र सरल बनाउने प्रयास गर्दै आएको बताए ।

विद्यालयमा दृष्टिविहीन र न्युनदृष्टियुक्तको अध्ययन निःशुल्क हुने गरेको छ । त्यसको चाजोपाँजो नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा शाखाले मिलाएको छ । शिक्षा शाखाले विद्यार्थीका लागि मासिक ४ हजार रकम उपलब्ध गराउँदै आएको छ ।


दृष्टिविहीन र न्युनदृष्टियुक्त विद्यार्थीका लागि निःशुल्क शिक्षादिक्षा, सीपमुलक तालिम एवं रोजगारीमा आरक्षणको व्यवस्थाले पनि उनीहरुको जीवन सहज ढङबाट अगाडी बढाउन अवसर मिलेको शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।

मंगल माविमा दृष्टिविहीन र न्युनदृष्टियुक्तका लागि अलग अध्यापन गराईंदैन, आँखा देख्नेहरुसँग राखेर पढाउने गरिएको छ । यसो गर्नुको मुख्य उद्देश्य हामी सबै एउटै औं भन्ने भावनाको विकास गराउनु रहेको शिक्षक त्रिपाठीले बताए । संघको तथ्याकं अनुसार बाँकेमा झण्डै पाँच हजार अपाङता भएकामध्ये दृष्टिविहीन र न्युनदृष्टियुक्तको संख्या झण्डै दुई सय रहेको छ ।

शिक्षक त्रिपाठीका अनुसार यो सुखद प्रयास भएपनि यो पर्याप्त नभएकोले यसका लागि राज्य जिम्मेवार हुनुपर्ने आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १ लाख बढीलाई दादुरा–रुबेला खोप दिईंदै

१० फाल्गुन २०८०, बिहीबार १८:२८
नेपालगञ्ज : बाँकेमा १ लाख ६५ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदैछ । यही फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको छ । ९ महिनादेखि १५ वर्ष उमेर समूहका १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले […]

सम्बन्धित