करेन्ट लागेर मृत्यु भएका कुर्मीको परिवारलाई ११ लाख

सदरलाइन संवाददाता १८ माघ २०८०, बिहीबार १४:४५
 

नेपालगञ्ज : बाँकेमा क्रियाशील एक लघुवित्त संस्थाले आफ्नो सदस्यको मृत्यु भएपछि मृतकका परिवारलाई क्षतिपूर्ति बापत ११ लाख रकम उपलब्ध गराएको छ ।

खजुरा गाउँपालिकास्थित स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयले खजुरा गाउँपालिका २ सीगाउँका रामदिन कुर्मीलाई बिमा क्षतिपूर्ति बापतको ११ लाख २७ हजार रुपैयाँको चेक उपलब्ध गराएको शाखा प्रमुख सूर्यकान्त मौर्यले जानकारी दिए ।


मौर्यका अनुसार लघुवित्तको सदस्य रहेकी रामदिन कुर्मीको श्रीमती रुपाकुमारी कुर्मीको गत असोज १६ गते विद्युत करेन्ट लागेर मृत्यु भएको थियो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत मृतकका परिवारलाई बिमा बापतको क्षतिपूर्ति रकम उपलब्ध गराइएको उनले बताए ।

बिमा क्षतिपूर्ति बापतको ११ लाख २७ हजार रुपैयाँ बराबरको चेक खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक (तुफान)ले मृतकका श्रीमान् रामदिन कुर्मीलाई हस्तान्तरण गरेका थिए । मृतकका श्रीमान् रामदिन कुर्मीले बिमा बापतको क्षतिपूर्ति रकम पाउँदा आफ्नो परिवारको गुजारा चलाउन राहत मिल्ने भन्दै संस्थालाई धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट कर्णालीमा हुने उडान प्रभावित

१८ माघ २०८०, बिहीबार १४:४५
नेपालगञ्ज : कर्णालीका हिमाली जिल्लामा बिहानैदेखि भएको हिमपात र वर्षाका कारण नेपालगञ्जबाट हुने हवाई उडान प्रभावित भएका छन् । नेपालगञ्जबाट कर्णालीका मुगु, हुम्ला, जुम्ला र डोल्पामा दैनिक हुने उडान प्रभावित भए । नेपालगन्जदेखि तारा, सीता, समिट एयरलाइन्सले कर्णालीका हिमाली जिल्लामा नियमित उडान गर्दै आएका छन् । हिमपात र वर्षाले नेपालगञ्जदेखि […]