समानताबाट ठगिएका ३२ जना प्रहरीको सम्पर्कमा

सदरलाइन संवाददाता १३ पुष २०८०, शुक्रबार १४:०६
 

नेपालगञ्ज : गितेन्द्र बाबु राईको समुहले नेपालगञ्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगिएका ३२ जना पीडितले बाँके प्रहरी समक्ष जाहेरी दिएका छन् । उक्त सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीले ठगी गरेको भन्ने ठगी सम्बन्धी कसुर मुद्दाको अनुसन्धानका लागि ती जाहेरी दरखास्त आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कार्यालयका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीले उक्त संस्थामा जम्मा भएको बचतकर्ताको रकम ठगी गरेको भन्ने ठगी सम्बन्धी कसुर मुद्दाको अनुसन्धानका लागि हालसम्म ३२ जनाको जाहेरी दरखास्त प्राप्त हुन आएको जानकारी दिए ।


बाँके प्रहरीले सो बाहेक जाहेरी दरखास्त दिन छुटेका अन्य बचतकर्तालाई पनि उक्त संस्थामा रकम जम्मा गरेको प्रमाण कागजातसहित कार्यालयमा जाहेरी दरखास्त पेश गर्न अनुरोध गरेको छ ।

समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपालगन्जको सुर्खेतरोडमा कार्यालय खोलेर कारोबार गर्दै आएको थियो । गितेन्द्र बाबु राईको समुहले देशका विभिन्न शहरमा सहकारी सञ्चालन गरेर अर्बौ रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्यासिनोमा प्रतिवन्धित भारतीय नोट खोज्दै वडा प्रहरी

१३ पुष २०८०, शुक्रबार १४:०६
नेपालगञ्ज : वडा प्रहरी कार्यालय नेपालगञ्जले नेपालगञ्जमा सञ्चालनमा रहेका क्यासिनोमा भारतीय रुपैयाँको छड्के जाँच गरेको छ । नेपालमा प्रतिवन्धित भारतीय दुई सय र पाँच सय रुपैयाँ प्रयोगमा भए नभएको बुझ्न छड्के जाँच गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक हरिबहादुर विसीले जानकारी दिए । उनले छड्के जाँचका क्रममा क्यासिनोमा […]