नेपालगञ्ज : बाँकेका अस्पतालहरुमा स्क्रब टाइफस रोगका बिरामी बालबालिकाहरुको संख्या बढेको छ । हिंजोआज दैनिक जस्तो स्क्रब टाइफसका बिरामी बालबालिकाहरु अस्पतालमा आउने गरेको कान्ति कान्ति आरोग्य हस्पिटलमा कार्यरत बालरोग विशेष डा.रोमा वोराले जानकारी दिए ।
उनका अनुसार स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जिवाणुबाट लाग्दछ ।
माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ । उनका अनुसार सबै उमेर समुहका व्यक्तिहरुलाई यसले प्रभावित पार्ने गरेको छ । समयमा उपचार नभए विरामीको ज्यान समेत जाने जोखिम हुन्छ ।