नेपालगञ्जको राँझामा बि–ग्रुपले वडासंगको सहकार्य अर्गानिक तरकारी बिक्रि केन्द्र निर्माण गर्दै

सदरलाइन संवाददाता २८ मंसिर २०८०, बिहीबार १८:२३
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडानं. २० राँझामा बाँकेका किसानद्वारा उत्पादित प्रांगारिक (अर्गानिक) तरकारी संकलन तथा बिक्रि केन्द्रको शिलन्यास गरिएको छ ।

एमडिएम फ्रान्स तथा भेरी वातावरणिय विशिष्ठता समूह बि–ग्रूपको साझेदारीमा सञ्चालनमा रहेको पेशागत तथा बाताबरणिय स्वास्थ्य सहयोग परियोजनाको सहयोगमा निर्माण हुने सो केन्द्रको लुम्बिनी प्रदेश सरकारका कृषि सहकारी तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले शिलन्यास गरेका हुन ।

बाँकेका किसानद्वारा उत्पादित प्रांगारिक तरकारी संकलन तथा बिक्रि केन्द्रको अभाव हुँदा नेपालगञ्ज उपमहानगर वडानं. २० राँझामा एमडिएम फ्रान्स तथा बि–ग्रूपको साझेदारीमा सञ्चालनमा रहेको पेशागत तथा बाताबरणिय स्वास्थ्य सहयोग परियोजनाको सहयोगमा शिलन्यास गरिएको हो ।

सो केन्द्रको शिलन्यास गर्दै लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यस्थामन्त्री भण्डारीलाल अहिरले प्रांगारिक तरिकाबाट कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारको पनि सहकार्य र सहयोग हुने बताउदै भने–‘ विषधि रहित तरकारी तथा खेतीको लागि मैले मेरो मन्त्रालयबाट प्रदेशका किसानलाई सकेको सहयोग गर्ने छु ।’


नेपालगञ्ज– २० का वडा अध्यक्ष कौशल कुमार धोबीले नगरका किसानले प्रँंगारिक तरिकाले उत्पादन गरेको तरकारी संकलन र विक्रिका लागि स्थान अभाव भएको गुनासो आएपछि वडाले बिक्रिकेन्द्र स्थापनाको लागि स्थान उपलब्ध गराएको बताए । वडा कार्यालयले ५ लाख रकम समेत उपलब्ध गराएको उनले बताए ।

किसानको उत्पादनलाई बजारिकरण गर्दै आएको साथी स्वावलम्बन कृषक बहुउद्देश्यिय सहकारी संस्थाका प्रबन्धक मेघराज खत्रीले परियोजनामा आवद्ध किसानले उत्पादन गरेको तरकारीको संकलन भण्डारण र विक्रि वितरणमा केन्द्रले ठूलो टेवा दिने विश्वास व्यक्त गरे । उनले जिल्लाका किसानले उत्पादन गरेको तरकारी सहकारीले खरिद गर्ने र बजारिकरणको लागि सहकारीले यो केन्द्रलाई उपयोग गर्ने बताए ।

पेशागत तथा बाताबरणिय स्वास्थ्य सहयोग परियोजना सञ्चालन गरि रहेको संस्था बिग्रपका अध्यक्ष टेकबहादुर पुनले परियोजनाको लक्ष पुरा गर्नको लागि प्रागारिक तरकारी बिक्रि केन्द्र निर्माण गर्नको लागि सहयोग गरिएको बताए । बि–ग्रुपले आवश्यक सामान सहित करिव १२ लाख र सहकारीले करिव सवालाख रकम केन्द्र निर्माणको लागि खर्चने भएको छ ।

परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले परियोजनाले खजुरा, डुडुवा र नेपालगञ्जका १५० जना किसानलाई प्रांगारिक खेतीमा संलग्न गराई उनीहरुको उत्पादनको बजारिकणको लागि यो केन्द्र निर्माण गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपद व्यवस्थापनमा निजी क्षेत्रको भूमिकाका विषयमा छलफल

२८ मंसिर २०८०, बिहीबार १८:२३
नेपालगञ्ज : नेपालगञ्जमा शुक्रवार विपद् व्यवस्थापनमा निजी क्षेत्रको भूमिकाका विषयमा छलफल गरिएको छ । नेपालगञ्ज क्षेत्रका व्यवसायीहरु सहभागी कार्यक्रममा भूकम्प लगायतका विपदमा निजी क्षेत्रले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको चर्चा गरिएको छ । नेपालगञ्ज पश्चिम क्षेत्रको हब र ट्रान्जिट प्वाइन्ट भएकाले विपद प्रतिकार्यमा निजी क्षेत्रको भूमिका सधैं अपरिहार्य हुने भन्दै […]