जमुनाहा नाका भएर भारतबाट खसीबोका भित्रिन छोडे

सदरलाइन संवाददाता २ कार्तिक २०८०, बिहीबार १३:३८
 

नेपालगञ्ज : गाउँघरमा बाख्रापालन बढ्न थालेपछि दसैंको समयमा भारतबाट ल्याइने खसीबोकाको आयात रोकिएको छ । विगतमा साप्ताहिक रुपमा सीमावर्ती बजारमा लाग्ने हाट बजारबाट खसीबोकाको आयात हुने गरेको थियो । यसैगरी दसैंको समयमा बढी खसिबोका आयात हुने गरेको थियो ।

दसैंको समयमा नेपालगञ्ज नाका भएर खसीबोकाको आयात बढ्ने गरेकोमा पछिल्लो समय नाका भएर खसीबोकाको आयात हुन छोडेको छ । नेपालमा बाख्रापालनमा वृद्धि भएपछि भारतबाट भित्रिने खसीबोकाको आयात रोकिएको हुन सक्ने कर्मचारीहरुले जनाएका छन् ।

पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका अनुसार पछिल्लो दुई वर्षयता भारतबाट भित्रिने खसीबोकाको आयात करिब बन्द भएको छ ।

विगतमा व्यवसायीहरुले भारतका विभिन्न स्थानबाट खसीबोका खरिद गरी काठमाडौं लगायतका शहरमा बिक्रीका लागि लैजाने गरेकोमा पछिल्लो समय अवस्थामा परिवर्तन आएको पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका पशु स्वास्थ्य प्राविधिक विजयकुमार थारुले जानकारी दिए ।


पशु स्वास्थ्य प्राविधिक चौधरीले भन्नुभयो, ‘‘दुई वर्षको अवधिमा एकपटक मात्रै भारतबाट खसीबोका आयात भएको तथ्याङ्क छ ।’’

विगतका वर्षहरुमा सीमावर्ती भारतीय बजारमा लाग्ने हाटबजारबाट खरिद गरेर साप्ताहिक रुपमा खसीबोकाको आयात हुने गरेको थियो । भारतबाट खसीबोकाको आयात गर्नका लागि नेपालमा व्यावसायिक फर्म दर्ता, प्रयोजन खुलाएर स्थानीय तहको सिफारिस चाहिन्छ । यसरी भित्रिने खसीबोकाबाट कुनै पनि रोग नफैलियोस् भनेर पिपिआर लगायतका अन्य खोप भारतमै लगाएर ल्याउनुपर्ने नियम छ । नेपालमा बाख्रापालनमा वृद्धिसँगै भारतबाट भित्र्याउँदा झण्झटिलो र लामो प्रक्रियाका कारण समेत व्यवसायीले खसीबोका ल्याउन छाडेका हुन् ।

पशु क्वारेन्टाइनका अनुसार हाल भारतबाट मासिक करिब सात हजार किलो ताजा माझा भित्रिने गरेको छ । यसैगरी, क्वारेन्टाइन गरेर पशु आहारा, माछा आहारा र दाना बनाउने पशुपूरक भारतबाट भित्र्याउने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मृत भेटिएको बाघले विषादी सेवन नगरेको रिपोर्ट सार्वजनिक

२ कार्तिक २०८०, बिहीबार १३:३८
नेपालगञ्ज : केही दिनअघि बाँकेको एक सामुदाकि वनमा बेवारिसे अवस्थामा मृत भेटिएको पाटेबाघको शव परीक्षण रिपोर्ट आएको छ । बेवारिसे अवस्थामा मृत भेटिएको पाटेबाघको शव परीक्षण रिपोर्ट आएको डिभिजन वन कार्यालय बाँकेका मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार उक्त पाटेबाघको शव परीक्षण रिपोर्टमा आन्तरिक करङ्गमा चोटपटक […]