राहत शिक्षकको आन्दोलनका फिर्ता, ५ बुँदे सहमति

सदरलाइन संवाददाता १२ आश्विन २०८०, शुक्रबार १७:५२
 

 

काठमाडौं  : सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकले जारी राखेको आन्दोलन फिर्ता भएको छ । सरकार र राहत शिक्षकहरुबीच ५ बुँदे सहमतिसँगै शिक्षहरुको आन्दोलन फिर्ता भएको हो ।

सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघ ३ असोजदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको थियो ।


सरकार र महासंघबीच ५ असोजमा भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो ।

सरकारले ल्याएको विधेयकमा ५० प्रतिशत भनिएको थियो । ७५ प्रतिशत बनाउने सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी राखेका थिए ।

शिक्षामन्त्री अशोककुमार राईसहित आन्दोलनरत विभिन्न ५ घटक संस्थाको शिक्षक प्रतिनिधिबिच सिंहदरबारमा वार्ता भएको राहत शिक्षक केन्द्रिय संघर्ष समितिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको जयन्दु बाल सुधारगृहबाट फरार बालबन्दी दैलेखबाट पक्राउ

१२ आश्विन २०८०, शुक्रबार १७:५२
नेपालगञ्ज :  गत असोज ४ गते राती १० बजे बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधारगृहमा भएको झडपको फाईदा उठाउदै सुधार गृहबाट फरार रहेका एक बालबन्दी दैलेखबाट समातिएका छन् । बाल सुधारगृहमा रहेका बालबन्दीका बिचमा आपसमा झडप हुँदा फरार रहेका चार जनामध्ये एक जना बालबन्दी दैलेखबाट समातिएका हुन् । बाँके […]