दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा बढी यात्रु घाइते

सदरलाइन संवाददाता ९ आश्विन २०८०, मंगलवार १६:०२
 

नेपालगञ्ज : काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङका्े लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जना भन्दा बढी यात्रु घाइते भएका छन् ।


कर्णाली प्रदेश ०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते याुत्रहरूको लमही अस्पताल र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए । बसमा ४५ जना यात्रु सवार थिए । के कति कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस बाँकेका प्रबक्ता गिरीलाई पितृशोक

९ आश्विन २०८०, मंगलवार १६:०२
नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरीलाई पितृ शोक परेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ निवासी प्रबक्ता गिरीका ८० बर्षीय बुवा रामु गिरीको आज बिहान घरमै निधन भएको हो । दमको बिरामी भएपनि सामान्य अवस्थाका गिरीको मंगलवार विहान सवा ८ बजे एक्कासी निधन भएको हो । उनलाई […]