नरैनापुरमा अन्तरक्रियासहित संचारिकाको तिज मिलन

सदरलाइन संवाददाता २८ भाद्र २०८०, बिहीबार १४:२२
 

नरैनापुर (बाँके) : पछिल्लो समय ग्रामीण परिवेश अनि गाउँमा बस्ने महिला दिदिबहिनीहरुलाई बिर्सिएर शहरका होटेल पार्टी प्यालेसमा तिजका दर कार्यक्रम गर्ने प्रचलन बढ्दै गएको छ ।

मौलिक तिज मासिदै आधुनिक तिज मनाउने नाममा तिजलाई भड्किलो बनाइरहदा संचारिका समुह नेपाल बाँके शाखाको आयोजना र नरैनापुर गाउँपालिकाको आर्थिक सहयोगमा सद्भाव र अन्तरक्रिया सहित तिज कार्यक्रम सम्पन्न गरिएको छ ।

नरैनापुरको बिकास र समृद्धिका लागि महिला पत्रकारको कलमको भुमिका बिशेष हुनुपर्ने भन्दै कार्यक्रमका प्रमुख अतिथि इस्तियाक अहमद शाहले सबैले बिकट भनेर व्यवस्था गरेको नरैनापुर गाउँपालिकाका महिला जनप्रतिनिधि र अगुवा महिलाहरुलाई समेटेर कार्यक्रम गरेकोमा संचारिका समूह बाँके शाखालाई धन्यवाद दिए । उनले नरैनापुरको दिदिबहिनीहरुको अवस्था बुझी उहाँहरुलाई आफ्नो हक अधिकारको बारेमा बोल्न र उनिहरुको समस्या पहिचान गरि समाधान गर्न मा महिला पत्रकारको भुमिका रहनु पर्ने बताए ।

यस्तै बिशिस्ट अतिथी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले पहिलो पटक यसरी ग्रामीण भेगका महिला त्यो पनि मदेशी मुस्लिम समुदायका महिलाहरुलाई समेटेर तिज कार्यक्रम गर्नु एकदमै सद्भावपुर्ण कार्यक्रम भएको बताए । उनले पत्रकारको सम्बन्ध शहरका महिला दिदिबहिनीहरुसङ्ग मात्र नभएर गाउँका त्यो पनि पछि परेको क्षेत्रका महिला दिदिबहिनीहरुको पिडा कथाव्यथालाई पनि समेट्ने र उनिहरुलाई आफ्नो हक अधिकारको प्रयोग गर्न सिकाउन पत्रकार महिलाको महत्वपूर्ण भुमिका रहने बताए ।


यस्तै कार्यक्रममा बोल्दै संचारिका समूह बाँके शाखाकी सस्थापक अध्यक्ष अछरी पोख्रेलले यसरी दिदिबहिनीका समस्या सुन्दै तिज मनाउन पाउँद निकै रमाइलो लागेको बताइन् ।

पहिलो पटक ग्रामीण क्षेत्रका दिदी बहिनिलाई जम्मा गरेर तिज कार्यक्रम गर्दा निकै खुसी लागेको भन्दै शुभकामना सहित आगामी दिनमा हाम्रा कलम विशेष रुपले ग्रामीण क्षेत्रका महिला दिदिबहिनीहरुको हक अधिकार कार्यन्वयनका लागि चल्नु पर्ने भन्दै नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाहले बताइन् ।

यस्तै संचारिका समुह बाँके शाखा उपाध्यक्ष सरला सुवेदीले नरैनापुर गापालिकालाई धन्यवाद दिदै गाउँपालिका भित्रका पिछडिएका दबिएका महिला दिदिबहिनीहरुको आवाज बन्न आफू सदैब लागिपर्ने बताइन् ।

कार्यक्रममा नरैनापुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, जिन्सी शाखा प्रमुख भरत महतो, संचारिका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, नेपाल पत्रकार महासङ लुम्बिनी प्रदेश कार्यबहाक अध्यक्ष शुक्रऋषि चौलागाईं, नेपाल पत्रकार महासङ बाँके शाखा कार्यवाहक अध्यक्ष सगिन शर्मा, पुर्व अध्यक्ष रुद्र सुवेदी, लुम्बिनी प्रदेस सदस्य आरिफ अन्सारी, प्रेस चौतारी बाँके अध्यक्ष दुर्गा रोकाय, उपाध्यक्ष रेजिना मल्ल, प्रेस सेन्टर बाँके जिल्ला अध्यक्ष राजेश आचार्य, प्रेस युनियन लुम्बिनी प्रदेस महासचिव नवीन गिरी, जनजाति पत्रकार संघका अध्यक्ष भगतराम थारु, बिबिसीमा कार्यरत बिमला चौधरी महिला उद्यमि रचना श्रेष्ठ लगायत बाँके जिल्लामा रहेर विभिन्न मिडियामा आवद्ध महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरस्थित निलसागर सेवा केन्द्रलाई खाद्यान्न सहयोग

२८ भाद्र २०८०, बिहीबार १४:२२
कोहलपुर (बाँके) : कोहलपुरमा रहेको नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न सहयोग गरिएको छ । कोहलपुर उद्योग वाणिज्य संघले हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान सहितको दर खाने कार्यक्रम आयोजना गर्दै खाद्यान्न सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यो वर्ष कोहलपुरमा रहेको नीलसागरको संरक्षणमा […]