नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीलाई पितृ शोक

सदरलाइन संवाददाता २९ असार २०८०, शुक्रबार १६:२९
 

नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष एवं सदरलाइन पब्लिकेशन अन्तर्गत सदरलाइन डटकमका चियरमैन रुद्र सुवेदीलाई पितृ शोक परेको छ ।

उनका बुवा डम्बर राज सुवेदीको शुक्रवार दिउँसो सवा १२ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।


शिक्षक सेवाबाट सेवा निबृत्त सुवेदी लामोदेखि एमालेको राजनीतिमा सक्रिय थिए । उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्या झेल्दै आएका थिए । स्व.सुवेदीको शनिवार विहान ८ बजे अगैयाघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘भानुचोक’मा भानुभक्तको सम्झना

२९ असार २०८०, शुक्रबार १६:२९
दाङ : दाङको घोराहीस्थित भानुचोकमा जम्मा भएर आदिकवि भानुभक्त आचार्यको सम्झना गरिएको छ । २१० औं भानु जयन्तीका अवसरमा शुक्रबार घोराही उपमहानगरपालिका–१५ स्थित भानुचोकमा आदिकवि आचार्यको सम्झना गर्दै साहित्यकार, शिक्षकलगायतका स्थानीयले स्थानीय सरकारसँग भानुभक्त आचार्यको नाममा चोकलाई नामकरणसँगै सालिक राख्न माग गरेका हुन् । चोकमा जम्मा भएका साहित्यकारले भानुभक्तको सम्झनामा […]