मुगुमा हिमपहिरोमा परेर तीन जनाको मृत्यु

सदरलाइन संवाददाता २४ बैशाख २०८०, आईतवार १२:२०
 

नेपालगञ्ज : मुगुमा हिमपहिरोमा परेर तीन जनाको ज्यान गएको छ । च्यार्खु लेकमा हिमपहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै ज्यान गएको हो । पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको बताइएको छ ।

यार्सा संकलनका लागि पातारासीबाट गएका १४ जनाको टोली मध्ये तीन जनाको मृत्यु भएको हो । अन्य सामान्य घाइते भएका छन् । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।


यार्सागुम्बा संकलनका लागि गाउँपालिकाले अगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिए पनि त्यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज नाकाबाट आयात घट्यो

२४ बैशाख २०८०, आईतवार १२:२०
नेपालगञ्ज : चोरीपैठारी नियन्त्रण गर्न नसक्दा नेपालगञ्ज नाकाबाट आयात हुने सामानको परिमाण घटेको छ । अवैधरुपमा सामान ओसारपसार गर्ने क्रम बढेपछि अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा आयात हुँदै आएका सामानको परिमाण घटेको अनुमान गरिएको छ । तर नेपालगञ्ज भन्सार कार्यालय चोरीपैठारी बढेको स्विकार्न तयार छैन । उसले आर्थिक […]

ताजा अपडेट