नेपालगञ्ज : लुम्बिनी प्रदेशमा यस आर्थिक वर्षको साउन महिनादेखि फागुन महिनासम्म १७५ जनाले आत्महत्या गरेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार यस आर्थिक वर्षको आठ महिनाको अवधीमा १७५ जनाले आत्महत्या गरेका हुन् ।
पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दो छ । दैनिक दुई जनासम्मले विभिन्न कारणले आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगले आत्महत्याको घटनाहरु घट्नेको संख्या बढेको प्रहरीले बताएको छ ।
जसमध्य झुण्डीएर १३९, विष सेवन ३१, हाम हालेर ४ जना र हात हतियार/औजारको प्रयोग गरेर एक जनाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै गत आर्थिक वर्ष २०७८/०७९ मा १९५ जनाले आत्महत्या गरेका थिए । लुम्बिनी प्रदेश प्रहरीले दिएको तथ्यांक अनुसार झुण्डीएर १६१, विष सेवन ३१, हाम फालेर एक, पानीमा हाम फालेर/डुबेर एक र आगो लगाएर एक जनाले आत्महत्या गरेका थिए ।
त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा १८१ जनाले आत्महत्या गरेका थिए । जसमध्य झुण्डीएर १३७, विष सेवन ३९, हाम फालेर एक, पानीमा हाम फालेर/डुबेर एक र आगो लगाएर दुई र हात हतियार/औजार प्रयोग गरेर एक जनाले आत्महत्या गरेको तथ्यांक छ ।